शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट १२ सय ५ जनाले गरे मिर्गौला र कलेजो प्रत्यारोपण
काठमाडौँ । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट १२ सय ५ जनाले मिर्गौला र कलेजो प्रत्यारोपण गरेका छन् । केन्द्रका अनुसार एक हजार एक सय जनाले ८७ जनाले मिर्गौला र १८ जनाले कलेजो प्रत्यारोपण गरेका हुन् ।
विगत २०६९/०७० देखि हालसम्म एक हजार एक सय ८७ जनाले मिर्गौला र १८ जनाले कलेजो प्रत्यारोपण गरेको केन्द्रले जनाएको छ । २०६९/०७० सालमा १३ जनाले मिर्गौला प्रत्यारोपण गरेका छन् । यस्तै, २०७०/०७१ सालमा २७ जना, २०७१/०७२ सालमा ४१ जना, २०७/०७३ सालमा १ सय १ जनाले मिर्गौला प्रत्यारोपण गरेका छन् ।
यस्तै, २०७३/०७४ मा १ सय ३२ जना, २०७४/०७५ मा १ सय ५३ , २०७५/०७६ मा १ सय ७९ जनाले मिर्गौला प्रत्यारोपण गरेको केन्द्रले जनाएको छ । यस्तै, आर्थिक वर्ष २०७६/०७७ मा ४९ जना, २०७७/०७८ मा ४५ जना, २०७८/०७९ मा १ सय ६० जना, २०७९/०८० मा १ सय ८६ जना र २०८०/८१ मा १ सय १ जनाले मिर्गौला प्रत्यारोपण गरेका छन् ।
केन्द्रको तथ्याङ्कमा आर्थिक वर्ष २०७३/७४ मा मात्रै कलेजो प्रत्यारोपण गरिएको देखिन्छ । सो वर्षमा २ जनाले कलेजो प्रत्यारोपण गरेका छन् । २०७४/०७५ देखि २०७७/०७८ मा चार वर्षमा एक/एक जनाले मात्रै कलेजो प्रत्यारोपण गरेका छन् । आर्थिक वर्ष २०७८/२०७९ मा ३ जना, आर्थिक वर्ष २०७९/८० मा २ जना र चालु आर्थिक वर्षमा ७ जनाले कलेजो प्रत्यारोपण गरेको केन्द्रको तथ्याङ्कमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ
-
दक्षिण एसियाका विज्ञहरूले चीनका बारेमा के भने ?
-
कर्णालीका अर्थमन्त्रीः आफै अध्यक्ष रहेको ऐथलेटिक्स संघ आयोजक, खर्च सबै सरकारले बेहोर्ने
-
कृषि तथा जलस्रोतका नवप्रवर्तनलाई विस्तार गर्न क्षमता विकास कार्यक्रम
-
संविधान संशोधन बहस कार्यदलले पूर्वप्रधानमन्त्री भट्टराईसँग गर्यो छलफल
-
सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री वाग्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण