छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस माघको तेस्रो साता
काठमाडौँ । ललितपुर टेबलटेनिस क्लबको आयोजना तथा कन्सेप्ट मेकर्जको ब्यवस्थापनमा माघको तेस्रो साता ‘छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता’ आयोजना हुने भएको छ । प्रतियोगिता अखिल नेपाल टेबलटेनिस संघको वार्षिक कार्यक्रमअन्तर्गत हुन लागेको हो ।
माघ १६ देखि २० गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताका खेलहरु लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा खेलाइने छ । प्रतियोगितामा नेपालका अतिरिक्त भारत र चीनका खेलाडीको पनि सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा चीनबाट दुई महिला खेलाडी सहभागी हुनेछन् । भारतबाट भने १६ पुरुष र आठजना महिला खेलाडीको सहभागिता रहने छ । प्रतियोगितामा कुल तीन सय नौजना खेलाडी सहभागी हुने जानकारी आयोजक क्लबका अध्यक्ष उर्दीप जोशीले दिए ।
प्रतियोगितामा पुरुष टिम, महिला टिम, पुरुष एकल, महिला एकल, पुरुष भेट्रान एकल (४० वर्षभन्दा माथि), महिला भेट्रान एकल (४० वर्षभन्दा माथि), पुरुष भेट्रान एकल (५५ वर्षभन्दा माथि), यू–१६ ब्वाइज एकल र यू–१६ गल्र्स एकल स्पर्धा समावेश गरिएको छ ।
नेपाली टेबलटेनिस खेलको इतिहासमै यो सबैभन्दा बढी पुरस्कार राशीको प्रतियोगिता भएको दाबी आयोजकको छ । यो प्रतियोगितामा पुरस्कारका लागि मात्र पाँच लाख ८० हजार रुपैयाँ छुट्याइएको जानकारी अध्यक्ष जोशीले दिए । प्रतियोगिता सम्पन्न गर्न २३ लाख ३५ हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण