पहिलो फोटो सुटमा मागेको ज्याकेट लगाएका थिए ऋतिक रोशनले
नयाँ दिल्ली । बलिउड अभिनेता ऋतिक रोशन यतिबेला आफ्नो नयाँ फिल्म फाइटरका कारण चर्चामा छन् । अहिले एउटै फिल्मको ऋतिकले करोडौं फिस लिन्छन् ।
फिल्म रिलिजको डेट नजिकिँदै गर्दा यतिबेला उनी फाइटरको प्रमोशनमा व्यस्त छन् । जनवरी २५ मा फिल्म रिलिज हुँदैछ । यसैबीच सेलिब्रिटी फोटोग्राफर डब्बु रतनानीले ऋतिकबारे केही खुलासा गरेका छन् । हालै एक अन्तरवार्तामा डब्बुले बताएनअनुसार ऋतिकको पहिलो फोटोशुट उनले गरेका थिए ।
ऋतिक रोशनको फोटोशूटका लागि भनेर डब्बुले आफ्नो साथीको ज्याकेट मागेर ल्याइदिएका थिए । यो फोटो सुट ऋतिकको पहिलो फिल्म ‘कहो ना प्यार है’ आउनु अघि गरिएको थियो ।
त्यति बेला डब्बुसँग पनि आफ्नै स्टुडियो थिएन । त्यसैले उनले ऋतिकलाई आफ्नै घरमा बोलाएका थिए । ऋतिकले फोटो शूटका लागि केही तयारी गरेका थिएनन् । तर उनी छिटै सुट गर्न चाहन्थे । डब्बु स्कुलमा ऋतिकका सिनियर थिए । शूटलगत्तै उनले दुई दिन दिनभित्रै पेमेन्ट गरिदिन ऋतिकलाई भनेका थिए । केही फोटो खिच्दै ऋतिक रोशन स्टार हुन् भन्ने डब्बुले थाहा पाइसकेका थिए । तर उनलाई ऋतिक राकेश रोशनको छोरा हुन् भन्ने कुरा चाँहि थाहा थिएन । उनले आफ्नो बारेमा नामबाहेक अरु केही पनि बताएका थिएनन् । उनले जुन कन्फिडेन्शका साथ फोटो खिचाइरहेका थिए, त्यो देखेर डब्बु छक्क परेका थिए । उनको एक्सप्रेशन देखेर हैरान थिए डब्बु ।
ऋतिकलाई तत्कालै फोटो चाहिएको थियो । ऋतिकको पहिलो फोटो शूटका फोटोहरु देखेपछि राकेश रोशनले डब्बुलाई फोन गरेर उनको तारिफ गरेका थिए । चिनेको मान्छे भएकोले डब्बुले आधा मात्रै पैसा लिन्छु भनेका थिए । तर फोटोशूट पछि २ हप्तासम्म पनि ऋतिकले पैसा पठाएनन् । त्यतिबेला डब्बुलाई कर्मचारीलाई तलब खुवाउन पैसाको खाँचो थियो । उनले आफ्नो असिस्टेन्टलाई फोन गर्न लगाएर पैसा मागे । सोही रात राकेश रोशनले पूरै पैसा पठाइदिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
-
सुनितालाई घरमै नागरिकता
-
प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने
-
शिव परियारको स्वरमा ‘माया’ गजल सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण