बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

बारा जिल्लाले अथाह सम्भावना बोकेको छ : अर्थमन्त्री महत

सोमबार, ०८ माघ २०८०, १९ : ३२
सोमबार, ०८ माघ २०८०

बारा । अर्थमन्त्री डा. प्रकाशशरण महतले बारा जिल्लाको अथाह सम्भावना रहेको भन्दै त्यो सम्भावनाअनुसार काम नभएको बताएका छन् ।  बाराका किसानलाई सुनकोशी मरिन डाइर्भसनले सिँचाइमा थप मद्दत पुग्ने उनले बताएका हुन् । 

महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले बाराको उत्पादन, उत्पादकत्व बढोस्, किसानको जीवनस्तर माथि उठोस् भन्ने सरकारको चाहना रहेको बताए ।  

उनले भने, ‘कृषिका कारणले मात्र बारा महत्त्वपूर्ण होइन, सिमरा औद्योगिक करिडोर पनि बारामै पर्छ । यहाँ धेरै उद्योग व्यवसाय स्थापित छ । अझै धेरै उद्योग व्यवसाय यस क्षेत्रमा आओस् भन्ने सरकारको चाहना हो । यसले स्थानीय जनताको रोजगारी र आवश्यकतालाई थप सहयोग पुग्छ ।’ 

अर्थमन्त्री महतले तराईसँग काठमाडौँ जोड्ने द्रुतमार्गको निर्माण भइरहेको भन्दै उनले छिटो सम्पन्न गर्नुपर्छ भनेर सरकारले खबरदारी गरिरहेको बताए । यो मार्ग निर्माण भएपछि काठमाडौँ–बाराको दूरी ४५ मिनेटमा झार्ने भन्दै उनले बाराबाट एक दिनमा काठमाडौँ पुग्ने र काम सकेर फर्किन सकिने बताए ।  

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप