बारा जिल्लाले अथाह सम्भावना बोकेको छ : अर्थमन्त्री महत
बारा । अर्थमन्त्री डा. प्रकाशशरण महतले बारा जिल्लाको अथाह सम्भावना रहेको भन्दै त्यो सम्भावनाअनुसार काम नभएको बताएका छन् । बाराका किसानलाई सुनकोशी मरिन डाइर्भसनले सिँचाइमा थप मद्दत पुग्ने उनले बताएका हुन् ।
महागढीमाई नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले बाराको उत्पादन, उत्पादकत्व बढोस्, किसानको जीवनस्तर माथि उठोस् भन्ने सरकारको चाहना रहेको बताए ।
उनले भने, ‘कृषिका कारणले मात्र बारा महत्त्वपूर्ण होइन, सिमरा औद्योगिक करिडोर पनि बारामै पर्छ । यहाँ धेरै उद्योग व्यवसाय स्थापित छ । अझै धेरै उद्योग व्यवसाय यस क्षेत्रमा आओस् भन्ने सरकारको चाहना हो । यसले स्थानीय जनताको रोजगारी र आवश्यकतालाई थप सहयोग पुग्छ ।’
अर्थमन्त्री महतले तराईसँग काठमाडौँ जोड्ने द्रुतमार्गको निर्माण भइरहेको भन्दै उनले छिटो सम्पन्न गर्नुपर्छ भनेर सरकारले खबरदारी गरिरहेको बताए । यो मार्ग निर्माण भएपछि काठमाडौँ–बाराको दूरी ४५ मिनेटमा झार्ने भन्दै उनले बाराबाट एक दिनमा काठमाडौँ पुग्ने र काम सकेर फर्किन सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण