अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा हुनु नयाँ युगको प्रवेश : श्रममन्त्री भण्डारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले भारत उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुनुलाई नयाँ युगको प्रवेशका रुपमा लिनुपर्ने बताएका छन् ।
सामबार जनकपुरधामस्थित जानकी मन्दिरमा एक लाखभन्दा बढी दियो बाल्न कार्यक्रममा सहभागिता जनाउँदै उनले यस्तो बताएका हुन् । उनले भारत उत्तर प्रदेशस्थित अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठालाई विश्वका हिन्दु धर्मालम्बीहरुको लागि ठूलो पर्व भएको बताए ।
मन्त्री भण्डारीले राम मन्दिरको प्राण प्रतिष्ठाले विश्वभरका भगवान् श्रीरामको र सितारामको महिमाको जानकारी पाउने मौका पाएको बताए । उनले भारत र नेपालबिच रोटीबेटीको सम्बन्ध नेपाली छोरी सीता र रामबिच भएको विवाहबाट सुरुवात भएको भन्दै दुई देशको सम्बन्धलाई कसैले व्याख्या गर्न नसक्ने बताए ।
मन्त्री भण्डारीले भारतको अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठाले नेपालमा मात्रै नभएर विश्वमा रामप्रति आस्था राख्नेहरुले ठूलो उत्सवका रुपमा लिएको बताए । उनले गाउँघरहरु सबै आनन्दित भएको पनि बताए । उनले भारतका प्रधानमन्त्री नेरन्द्र मोदीले अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा गर्ने पहल गरेर विश्वका हिन्दुहरुलाई एउटै मालामा ल्याउन सफल भएको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण