कर्णालीको समृद्धिलागि व्यावसायिक कृषिलाई जोड दिऔँ : मुख्यमन्त्री शर्मा
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले कृषि र वनमा आधारित उद्योगमा आधारित भएर कर्णालीको समृद्धि सम्भव हुने बताएका छन् । कर्णालीमा जल जमिन, जंगल, जडीबुटी पनि रहेको उल्लेख गर्दै शर्माले कृषिलाई व्यावसायिकीकरण गरेर मात्र समृद्धि सम्भव रहेको बताएका हुन् ।
कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय वीरेन्द्रनगर सुर्खेतको दोस्रो त्रैमासिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्दे मुख्यमन्त्री शर्माले कृषि र पशुपालनका क्षेत्रमा गरिने व्यावसायिक प्रयोगले जनताको जीवन स्तर उकास्न सकिने भएकाले कृषि मन्त्रालय र त्यस मातहतको जनशक्तिको योगदान धेरै महत्त्वपूर्ण रहने बताए । उनले भने, ‘यहाँको माटोको अवस्था, वातावरण आदिमा सुहाउँदो कृषि र पशुपालनलाई व्यावसायिक बनाऔँ ।’
मूल्य शृङ्खलामा आधारित भएर कर्णालीमा उत्पादित रैथाने वालिको विस्तार र उत्पादित वस्तुको प्रमाणीकरण मार्फत बजारसम्म पुर्याउन पनि सरकारको प्राथमिकता रहेको शर्माको भनाई छ । उनले भने, ‘किसानले उत्पादित गरेको खाद्यवस्तुको बिक्रीको सुनिश्चितता सरकारले गर्छ । उत्पादन बढाऔँ । त्यसका लागि खाद्य कम्पनी सँग सम्झौता समेत गरिएको छ ।’
कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले किसानलाई आफ्नो पेसा प्रति निराश हुन नदिने बताए । उनले भने, ‘कर्णाली प्रदेशमा मन्त्रालयले अघि बढाएका कार्यक्रमको नतिजा बिस्तारै देखिँदै गएको छ । यसले निर्यातको दर बढ्ने छ ।’
सरकारले अघि सारेका कार्यक्रमलाई प्रभावकारी कार्यान्वयनका लागि दृढ ईच्छा शक्ति फिल्ड खट्नुपर्ने र किसानलाई हौसला दिने कर्मचारीको भूमिका रहेको शर्माको भनाई छ ।
अर्धवार्षिक प्रगति समीक्षा गोष्ठी गत कार्तिक१७ जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भूकम्प परि ज्यान गुमाउनुहुने १५४ जना किसानको सम्झनामा मौनधारण गरि सुरु गरिएको थियो । कर्णाली प्रदेशका १० जिल्लाका कार्यालय प्रमुखहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण