शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न स्थानमा तीनजना मृत फेला

मङ्गलबार, ०९ माघ २०८०, ११ : ५४
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला परेका छन् ।  सल्यानको छत्रेश्वरी गाउँपालिका-५ लेखपोखरा बस्ने २३ वर्षीया सिमा कँवर आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छिन्  । 

यता अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-६ फर्ज्याङपुल नजिकै खोलामा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । 

त्यस्तै चितवनको भरतपुर महानगरपालिका-१ नारायणी किनारस्थित हरिहर मन्दिर अगाडी पेटीमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप