‘हात्तीछाप’ले दर्शकलाई भरपुर मनोरञ्जन दिन्छ : सौगात

काठमाडौंँ । अभिनेता सौगात मल्लले फिल्म ‘हात्तीछाप’ ले दर्शकलाई भरपुर मनोरञ्जन दिँदै सन्तुष्टि दिने दाबी गरेका छन् । कुराकानीका क्रममा उनले फिल्म आफूले अभिनय गरेको अहिलेसम्मकै फरक चरित्र रहेको धारणा राखेका हुन् ।
फिल्ममा सौगात मल्ल ‘बोतल राजा’को भूमिकामा छन् । फिल्मका लागि सौगातले कपाल पनि लामो पालेका थिए । ‘फिल्मका सबै टिमको मिहिनेत निकै छ । आशा छ, दर्शकले यो फिल्मलाई मन पराउनुहुनेछ । मेरो गेटअप पनि भिन्न छ,’ सौगातले भने ।
कार्यक्रममा अभिनेत्री उपासना सिंह ठकुरीले पनि फिल्म आफ्नो अभिनय रहेको महत्त्वाकाङ्क्षी फिल्म भएको बताइन् । फिल्मले दर्शकलाई २ घण्टा बाँधेर राख्ने क्षमता राख्ने उनको धारणा थियो । ‘म फिल्मको स्क्रिप्ट मन परेपछि मात्र काम गर्न अग्रसर हुन्छु । यसपटक पनि कथा पढ्दा मज्जा लाग्यो । यसमाथि, दयाहाङ दाइ र सौगात दाइ भएपछि फिल्म यसै रमाइलो भइहाल्छ,’ ठकुरीले थपिन्, ‘फिल्मले भूकम्पको कथा पनि भनेको छ ।’
‘हात्तीछाप’ माघको २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा सौगात र उपासनाको अलावा दयाहाङ राईको पनि मुख्य भूमिका छ । यी तीनै कलाकार फिल्म ‘२ नम्बरी’मा पनि देखिएका थिए ।
फिल्मका निर्देशक सिमोस सुनुवार हुन् । किरण नेपालीको प्रस्तुतिमा तयार भएको टिजरले दर्शकको माया पाइसकेको छ । निर्माण पक्ष केही दिनमै ट्रेलर सार्वजनिक गर्ने तयारीमा छ । गत मङ्सिरदेखि चिसिएको फिल्मको व्यापारलाई यो फिल्मले तताउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी आर्थिक वर्षको बजेट पारित गर्न गण्डकीमा मन्त्रिपरिषद् बैठक सुरू
-
दुई बुँदे ‘कच्चा सहमति’पछि माओवादी रक्षात्मक, चौतर्फी आलोचना
-
कर्णालीको बजेट मन्त्रिपरिषद्बाट पारित
-
नजर प्रदेशतिर : बजेट घोषणा गर्न तम्तयार
-
भिजिट भिसा र अग्नि सापकोटाको मुद्दाबारे वर्षमानको प्रस्टीकरण : लेनदेन गरेको छैन, गलेको पनि छैन
-
गण्डकी प्रदेश : ८ वर्षमा ८ वटा बजेट, बढ्नुपर्ने आकार बर्सेनि घट्दो