‘हात्तीछाप’ले दर्शकलाई भरपुर मनोरञ्जन दिन्छ : सौगात
काठमाडौंँ । अभिनेता सौगात मल्लले फिल्म ‘हात्तीछाप’ ले दर्शकलाई भरपुर मनोरञ्जन दिँदै सन्तुष्टि दिने दाबी गरेका छन् । कुराकानीका क्रममा उनले फिल्म आफूले अभिनय गरेको अहिलेसम्मकै फरक चरित्र रहेको धारणा राखेका हुन् ।
फिल्ममा सौगात मल्ल ‘बोतल राजा’को भूमिकामा छन् । फिल्मका लागि सौगातले कपाल पनि लामो पालेका थिए । ‘फिल्मका सबै टिमको मिहिनेत निकै छ । आशा छ, दर्शकले यो फिल्मलाई मन पराउनुहुनेछ । मेरो गेटअप पनि भिन्न छ,’ सौगातले भने ।
कार्यक्रममा अभिनेत्री उपासना सिंह ठकुरीले पनि फिल्म आफ्नो अभिनय रहेको महत्त्वाकाङ्क्षी फिल्म भएको बताइन् । फिल्मले दर्शकलाई २ घण्टा बाँधेर राख्ने क्षमता राख्ने उनको धारणा थियो । ‘म फिल्मको स्क्रिप्ट मन परेपछि मात्र काम गर्न अग्रसर हुन्छु । यसपटक पनि कथा पढ्दा मज्जा लाग्यो । यसमाथि, दयाहाङ दाइ र सौगात दाइ भएपछि फिल्म यसै रमाइलो भइहाल्छ,’ ठकुरीले थपिन्, ‘फिल्मले भूकम्पको कथा पनि भनेको छ ।’
‘हात्तीछाप’ माघको २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । फिल्ममा सौगात र उपासनाको अलावा दयाहाङ राईको पनि मुख्य भूमिका छ । यी तीनै कलाकार फिल्म ‘२ नम्बरी’मा पनि देखिएका थिए ।
फिल्मका निर्देशक सिमोस सुनुवार हुन् । किरण नेपालीको प्रस्तुतिमा तयार भएको टिजरले दर्शकको माया पाइसकेको छ । निर्माण पक्ष केही दिनमै ट्रेलर सार्वजनिक गर्ने तयारीमा छ । गत मङ्सिरदेखि चिसिएको फिल्मको व्यापारलाई यो फिल्मले तताउने अपेक्षा गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण