शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जुत्ताभित्र साढे दुई किलो सुन, त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ

शुक्रबार, ३० चैत २०७४, १४ : ०२
शुक्रबार, ३० चैत २०७४

काठमाडौँ । जुत्ताको सोलभित्र सुन लुकाएर ल्याएका एक भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।

फ्लाइ दुबईको विमानबाट काठमाडौँ आएका ती भारतीय नागरिकबाट २ किलो ८३० ग्राम सुन फेला परेको हो ।

त्रिभुवन विमानस्थल सुरक्षा गार्डका प्रमुख एसएसपी प्रेम चन्दले दिएको जानकारी अनुसार ती व्यक्तिमाथि अनुसन्धान भइरहेको छ ।

अनुसन्धान प्रक्रिया जारी भएकाले उनको नाम भने खुलाइएको छैन । 

ती व्यक्तिलाई भरियाको रुपमा प्रयोग गरिएको आशंका गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप