जुत्ताभित्र साढे दुई किलो सुन, त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
शुक्रबार, ३० चैत २०७४, १४ : ०२
काठमाडौँ । जुत्ताको सोलभित्र सुन लुकाएर ल्याएका एक भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।
फ्लाइ दुबईको विमानबाट काठमाडौँ आएका ती भारतीय नागरिकबाट २ किलो ८३० ग्राम सुन फेला परेको हो ।
त्रिभुवन विमानस्थल सुरक्षा गार्डका प्रमुख एसएसपी प्रेम चन्दले दिएको जानकारी अनुसार ती व्यक्तिमाथि अनुसन्धान भइरहेको छ ।
अनुसन्धान प्रक्रिया जारी भएकाले उनको नाम भने खुलाइएको छैन ।
ती व्यक्तिलाई भरियाको रुपमा प्रयोग गरिएको आशंका गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
-
प्रचण्ड र पूर्वमन्त्री श्रेष्ठबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण