मङ्गलबार, २५ मङ्सिर २०८१
ताजा लोकप्रिय

एनएसजेएफ–पल्सर अवार्डसँग जोडियो लालपूर्जा नेपाल

मङ्गलबार, ०९ माघ २०८०, १५ : ०४
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । ‘२०औँ एनएसजेएफ–पल्सर स्पोर्टस अवार्ड’ लाई लालपूर्जा नेपालले साथ दिने भएको छ । रियल स्टेट व्यवसायमा क्रियाशील कम्पनी लालपूर्जा नेपाल सह–प्रायोजकको रुपमा एनएसजेएफ–पल्सर अवार्डसँग जोडिएको हो ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले माघ २८ गते होटल याक एण्ड यतिमा आयोजना गर्ने अवार्ड कार्यक्रमका लागि लालपूर्जा नेपाल रियल स्टेट पार्टनरका रुपमा रहने अवार्डको आयोजक मञ्चले जनाएको छ ।

यससम्बन्धि सम्झौतापत्रमा मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी र लालपूर्जा नेपालका प्रबन्ध निर्देशक सञ्जय नेपालले मंगलबार हस्ताक्षर गरेका छन् । सम्झौतापछि अध्यक्ष सुवेदीले स्पोर्टस अवार्डको दायरालाई अझै फराकिलो पार्नका लागि रियल स्टेट व्यवसायमा सक्रिय संस्थालाई आबद्ध गरिएको बताए ।

लालपूर्जाका प्रबन्ध निर्देशक नेपालले देशको सान र मानसँग जोडिएको खेलकुद क्षेत्रको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड कार्यक्रमसँग सहकार्य गर्न पाउनु खुसीको विषय भएको बताए । विभिन्न नौवटा विधामा प्रदान गरिने अवार्डका लागि पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भइसकेको छ ।

पिपल्स च्वाइस अवार्डका लागि फुटबलका अनन्त तामाङ, कराँतेका विप्लवलाल श्रेष्ठ, भलिबलकी निरुता ठगुन्ना, टेबलटेनिसकी सिक्का सुवाल श्रेष्ठ र शारीरिक सुगठनकी रजनी श्रेष्ठ मनोनयनमा परेका छन् ।

अवार्डको आयोजक मञ्चका महासचिव प्रज्ज्वल ओलीका अनुसार, पिपल्स च्वाइस अवार्डका लागि भोटिङको प्रचारप्रसार पनि तीव्र भइरहेको छ । ई–सेवाबाट भोटिङ तथा मञ्च र मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनीको आधिकारिक फेसबुक पेजबाट प्रचार कार्य भइरहेको छ ।

अवार्ड कार्यक्रममा यसपटक उत्कृष्ट पुरुष, उत्कृष्ट महिला र उत्कृष्ट युवा खेलाडी तथा उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइसका विजेताले बजाज पल्सर मोटरसाइकल पुरस्कार पाउने छन् । अन्य विधाका विजेतालाई जनही ५० हजार रुपैयाँ र गिफ्ट ह्याम्पर प्रदान गरिने मञ्चले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप