सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन सरकार संवेदनशील छ : गृहमन्त्री श्रेष्ठ
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायलाई राजनीतिक हस्तक्षेपबाट मुक्त गराउन सरकार संवेदनशील रहेको बताएका छन् ।
मंगलबार सशस्त्र प्रहरी बलको २३ औँ दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मानव अधिकारको उच्च सम्मान, लैंगिक हिंसामा शून्य सहनशीलता र जनमैत्री सुरक्षा निकाय अहिलेको अपरिहार्य मान्यताप्रति मन्त्रालय दृढ रहेको बताए ।
गृहमन्त्री श्रेष्ठले गृह मन्त्रालय मातहतका सुरक्षा निकायको परिचालन, विशेषज्ञता, व्यवसायिकता तथा आवश्यकताका आधारमा गरिने नीति रहेको बताए । उनले कार्यस्थलमा आफूलाई प्राप्त स्पष्ट जिम्मेवारी सम्पादन गर्दा राष्ट्र र जनताप्रति इमान्दार एवं कर्तव्यपरायण भएर उच्च मनोबलका साथ कार्य गर्न निर्देशन दिए ।
गृहमन्त्री श्रेष्ठले सशस्त्र प्रहरी बलमा रहेको कल्याणकारी कोषलाई बहालवाला एवं अवकाश प्राप्त सक्कल दर्जा, वीरगति प्राप्त राष्ट्रसेवकका परिवारसमेतलाई लाभान्वित हुनेगरी थप नयाँ कार्ययोजनाका साथ अघि बढाउन निर्देशन दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
-
मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण ४१ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण