कर्णालीमा राष्ट्रिय पीपीआर खोप अभियान सुरु
सुर्खेत । कर्णाली प्रदेशमा पहिलो पटक राष्ट्रिय पीपीआर खोल अभियान सुरु भएको छ ।
सुर्खेतको बराताल गाउँपालिका–८, भुटुकेका स्थानीय कृषक पदमबहादुर शाहीको गोठबाट अभियानको सुरुवात गरिएको हो । कार्यक्रमको उद्घाटन प्रदेश सरकारका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री भिम प्रकाश शर्माले गरेका थिए ।
शर्माले सन २०३० सम्म नेपालभर पीपीआर रोग पूर्ण रुपमा निर्मूल गर्ने उद्देश्यले कर्णाली प्रदेश सरकारले पहिलो पटक कर्णालीको पशुधन सुरक्षाको लागि प्रदेशलाई हिमाली र पहाडी क्षेत्र गरी दुई चरणमा विभाजन गरी खोप अभियान सञ्चालन गरिएको बताए ।
‘कर्णालीको आयआर्जनको मुख्य स्रोत कृषि र पशुपालन हो,’ मन्त्री शर्माले भने, ‘मानव स्वास्थ्य जतिकै पशु स्वास्थ्यको सुरक्षा गर्न प्रदेश सरकारले किसान गोठबाट खोप लगाउन सुरु गरेको हो ।’
कर्णाली प्रदेशबाट सबैभन्दा बढी खसी बोकाहरु निकासी हुने गरेका छन् । बाख्रा पालनको लागि पकेट क्षेत्रको रुपमा रहेको बरातालको कृषि र पशु क्षेत्र विकासमा प्रदेश सरकार तयार रहेकोले कृषि र पशुपालन क्षेत्रमा लाग्न किसानलाई शर्माले आग्रह गरे ।
उनका अनुसार कर्णाली प्रदेशमा खोप पर्याप्त छ । हिमाली क्षेत्रका ५ जिल्लामा चैत्र महिनासम्म खोप अभियान सञ्चालन गर्ने गरी पहिलो चरणमा १४ लाख ३९ हजार भ्याक्सिन ५ जिल्लामा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेस प्रदेश सरकारको जनलोकपाल आयोगद्वारा १५ मुद्दा फैसला
-
समस्याग्रस्त सहकारीका ४८ बचतकर्ताले पाए १२ लाख बचत फिर्ता
-
मोरङ बालिका मृत्यु प्रकरण : निष्पक्ष अनुसन्धान र कारबाही गर्न मन्त्री बादीको निर्देशन
-
वैदेशिक रोजगारीको लोभ देखाएर २१ लाख ठगी
-
‘मुम्बईका ब्याङ्क्सी’ टायलर : जसको सडक कला निट आन्दोलनको प्रतीक बन्यो
-
एसिया र युरोप घुमाउने लोभ देखाएर लाखौँ ठगी : भारतीय नागरिकसहित दुई जना पोखराबाट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण