आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

डा. सौरभलाई सशस्त्र प्रहरी महानिरीक्षक प्रशंसा निशान प्रदान

मङ्गलबार, ०९ माघ २०८०, १९ : ५९
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । सशस्त्र प्रहरी अस्पतालमा कार्यरत डा. सौरभ श्रेष्ठलाई सशस्त्र प्रहरी महानिरीक्षक प्रशंसा निशान प्रदान गरिएको छ । 

सशस्त्रको २३ औँ स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले डा. श्रेष्ठलाई सो प्रशंसा निशान प्रदान गरेका हुन् ।

एपीएफ अस्पतालमा कार्यरत डा. शौरभ प्रहरी नायव उपरीक्षक (डिएसपी) हुन् । सौरभले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै उनलाई प्रशंसा निशान प्रदान गरिएको हो । 

मंगलबार हलचोक स्थित सशस्त्रको हेड्क्वार्टरमा आयोजित समारोहमा उनलाई आईजीपी अर्यालले प्रशंसा निशान र प्रशंसा पत्र प्रदान गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप