बजेट अभावले कभर्ड हल निर्माण अधुरै
कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ स्थित निर्माणाधीन कभर्ड हल बजेट अभावले सम्पन्न हुन सकेको छैन ।
विसं २०७४ देखि निर्माण थालिएको उक्त कभर्ड बजेट अभावका कारण काम पूरा हुन नसकेको वडा नं २ का वडाध्यक्ष पदमसिंह रावलले जानकारी दिए । “कभर्ड हल निर्माणका लागि सङ्घ र प्रदेश सरकारबाट केही बजेट आए पनि रकम अभाव हुँदा निर्माणले पूर्णता पाउन सकेको छैन”, उनले भने ।
वडाध्यक्ष रावलले कभर्ड हल निर्माणमा अझै रु ४० लाख रकम लाग्ने अनुमान गरिएको जानकारी दिए । उनले आफूले नगरपालिकाबाट बजेट विनियोजन गर्न माग गरेपनि ठूलो रकम भएकाले बजेट विनियोजन नभएको बताए ।
“कभर्ड हलको छाना मात्रै छ त्यस बाहेक अन्य काम बाँकी छन्”, उनले भने, “नगरपालिकासँग पर्याप्त बजेट नहुनु र अन्य निकायबाट बजेट नआउँदा निर्माणले पूर्णता पाउन नसकेको हो ।”
दोधारा चाँदनी नगरपालिकाका इन्जिनियर दीपेन्द्रराज भट्टले सुरुवातमा खेलकुद मन्त्रालयबाट खेलमैदान तथा कभर्ड हल निर्माणका लागि रु १० लाख बजेट आएको जानकारी दिए । “उक्त रकमबाट जग हाल्नेदेखि चार फिट पर्खाल निर्माण गर्ने काम गरियो । त्यसपछि लामो समयसम्म बजेट अभाव भएपछि काम रोकिएको छ”, उनले भने । आर्थिक वर्ष २०७७/७८ मा रु ५० लाख बजेट विनियोजित भएर थप काम अघि बढेपनि रकम पर्याप्त नहुँदा हलले पूर्णता पाउन नसकेको भट्टको भनाइ थियो ।
यस क्षेत्रका खेलाडीका लागि महत्त्वपूर्ण संरचनाका रुपमा हेरिएको कभर्ड हल नबन्दा स्थानीय खेलाडी समस्यामा परेका उनीहरुको गुनासो छ । “हल निर्माण हुँदा खेल अभ्यास गर्नका लागि सहज हुन्छ भन्ने लागेको थियो”, खेलाडी नरेश जोशीले भने, “काम अलपत्र हुँदा निर्माण भएको खण्ड पनि जीर्ण बन्दै गएको छ ।”
अहिले खेलाडीले अधुरै रहेको कभर्ड हलमा खेल अभ्यास गरिरहेको जोशीले बताए । उनका अनुसार उक्त हलका लागि वडा कार्यालयले विद्युत् उपलब्ध गराउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण