प्रधानमन्त्री कप क्रिकेट : आर्मीले लुम्बिनीलाई दियो १७१ रनको लक्ष्य
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधवारको खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई जितका लागि एक सय ७१ रनको लक्ष्य दिएको छ । सिद्धार्थनगर रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आर्मी क्लबले निर्धारित २६ ओभरमा सात विकेट गुमाएर एक सय ७० रन बनाएको हो ।
खराब मौसमका कारण निर्धारित समयभन्दा निकै ढिलो सुरु भएका कारण खेल २६–२६ ओभरमा झारिएको हो । आर्मी क्लबका लागि ओपनर इमरान शेखले उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले अविजित ६७ रन बनाए । उनले ७० बलमा एक छक्का र सात चौका पनि हिर्काए ।
अर्का ओपनर सन्तोष कार्की ११ रन बनाउँदै आउट भए । तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्कीले टोलीको खातामा २४ रन थपे । उनले ४० बलमा एक छक्का र एक चौका पनि हिर्काए । कुशल मल्ल भने पाँच रन बनाउँदै पेभेलियन फर्किए ।
कप्तान बिनोद भण्डारीले टोलीको खातामा ३४ रन थपे । उनले केवल २५ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काए । बिवेक यादब ६ रनको ब्यक्तिग स्कोरमा पेभेलियन फकिए । बसिर अहमदले पनि दुई रन बनाए ।
आर्मी क्लबले अतिरिक्त रुपमा पनि २१ रन पाएको थियो । लुम्बिनी प्रदेशका बलर नर सार्की र मोहम्मद हुसैनले दुई–दुई विकेट लिए । कृष्ण कार्की र निर्मल गुरुङले पनि एक–एक विकेट हात पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण