कर्णाली प्रदेशका कर्मचारीलाई संकेत नम्बर प्रदान
सुर्खेत । कर्णाली प्रदेश सरकारका कर्मचारीलाई वैयक्तिक विवरण संकेत नम्बर (सिटरोल) प्रदान गरिएको छ ।
प्रमुख सचिव चुडामणी पौडेलले कर्णाली प्रदेश लोकसेवाबाट सिफारिस प्रदेश निजामती कर्मचारीहरुको वैयक्तिक विवरण फाराम (सिटरोल) संकेत प्रदान गरेका हुन् ।
बुधबार एक कार्यक्रमका बिच ५ जना प्रदेश सरकारका निजामती कर्मचारीलाई वैयक्तिक विवरण फाराम (सिटरोल) प्रदान गरिएको हो ।
प्रदेश प्रमुख सचिव पौडेलले कर्णाली प्रदेश अभिलेख शाखा अद्यावधि रहने गरी निजामती कर्मचारीको वैयक्तिक विवरणको अद्यावधि कार्य मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको अभिलेख शाखाबाट हुने बताए ।
उनका अनुसार पहिलो पटक ३ सय २६ जना प्रदेश निजामती कर्मचारीको वैयक्तिक विवरण प्रमाणित भई सिट्रोल नम्बरसहितको फाराम प्रदान गरिएको छ । स्थानीय कर्मचारीको हकमा निजामती किताब खानासँग कर्मचारी विवरण अनलाइनमा अद्यावधिक गर्न किताब खानालाई अनुरोध गरिएको पनि उनले बताए । स्वीकृति प्राप्त भएपछि ८६४ जना स्थानीय तहका कर्मचारीको वैयक्तिक विवरण अनलाइनमा अभिलेख गरी सिट्रोल प्रदान गरिने छ । कर्णाली प्रदेश निजामती कर्मचारी संघ, स्थानीय र प्रदेशमा जहाँ सरुवा–बढुवा भएपनी फरक नपर्ने गरी सिट्रोल व्यवस्था गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका प्रशासन महाशाखाका सचिव विष्णु प्रसाद कोइरालाले बताए ।
यो कार्यले सरुवा–बढुवा, पेन्सन लगायत कार्यमा एकरुपता कायम हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले बोलाएको सर्वदलीय बैठकमा नेकपाबाट नेपाल र पुन जाने, प्रचण्ड बेड रेस्टमा
-
रास्वपा कैलालीको सभापतिमा ठकुल्ला र उपसभापतिमा चौधरी निर्वाचित
-
सुदूरपश्चिम सरकार टिकाउन पालैपालो मन्त्री : पुराना बिदा हुँदै, नयाँ भित्रिँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
साढे दुई वर्षदेखि अलपत्र धुलो दुध कारखाना, परीक्षणमै सीमित
-
राहदानी विभाग नजिकै चिया पसलमा आगलागी, आगो निभाउने प्रयास जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण