नेपाली झन्डा बोकेर माओवादीका नेताले सुरु गरे ‘सप्तरी स्वाभिमान यात्रा’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य उमेश यादवले सप्तरी स्वाभिमान यात्रा सञ्चालन गरेका छन् । तर यो स्वाभिमान यात्रा माओवादी पार्टीको नभएर उनले स्वतन्त्र रूपमा सुरु गरेका हुन् ।
बलानबिहुल गाउँपालिकास्थित चन्ही मल्हनियाँबाट सुरु यात्रा स्वतन्त्र भएकैले नेपाली झन्डा बोकेर गरिएको उनको भनाइ छ । हिजोदेखि सुरु गरेको सो यात्राका क्रममा उनले पहिलो दिन सप्तरीमा रहेको गजेन्द्रनारायण सिंह र साकेत चन्द्र मिश्रको सालिकमा मल्यार्पण गरेर । उनले भने, दलीय भावनाबाट माथि उठेर सप्तरीको समग्र विकासका लागि सबैलाई एकजुट हुनका लागि यो अभियान सुरु गरेको छु ।’
पार्टीको झन्डा नबोकी नेपाली झन्डा बोकेर जनताको घरघरमा गएर समाज निर्माण, भ्रातृत्व विकासलगायत हरेक विषयमा जनतासँग साक्षात्कार गर्ने उनले बताए । एउटा पालिकामा एक हप्ता बस्ने, त्यहीका स्थानीय घरमा बसेर त्यहाँको समस्याको बारेमा छलफल गर्ने र निकासका उपाय पहिल्याउने कार्य गर्ने उनले बताए । माओवादीले हालै तीन महिने अभियान सम्पन्न गरेको छ ।
अभियानको क्रममा उनलाई पार्टीले सिरहामा जिम्मेवारी दिएको थियो । उनी अभियानभर सिरहामा बसेका थिए । माओवादीको अभियान सकिने बित्तिकै उनले यो सप्तरी स्वाभिमान यात्रा सुरु गरेका हुन् । पूर्वमन्त्री समेत रहेका यादवले अभियानका क्रममा सप्तरीको कृषि, सिँचाइ, पर्यटन लगायतका समस्याबारे छलफल गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैलेख पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा
-
प्रलोपाले भन्यो– सरकार अधिनायकवादतर्फ उन्मुख
-
मौद्रिक नीति कसिलो बनाउनुपर्ने कुनै कारण छैन : पूर्वगभर्नर अधिकारी
-
प्रतिपक्षको बहिष्कारपछि लुम्बिनी प्रदेशसभा बैठक आधा घण्टाका लागि स्थगित
-
विकेश साहको अध्यक्षतामा कमन जेनजी नेपालको केन्द्रीय कमिटी पुनर्गठन (सूचीसहित)
-
अर्थमन्त्रीका १०० दिन : प्राविधिक र नियमित काम नै उपलब्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण