पुल्चोक क्याम्पसमा तीन दिनसम्म प्रविधिसम्बन्धी प्रदर्शनी
ललितपुर । ललितपुरको पुल्चोक इन्जिनियरिङ क्याम्पसमा तीन दिने प्रविधिसम्बन्धी प्रदर्शनी हुने भएको छ । यही माघ २३,२४,२५ गते "MechTRIX" नामक १४ औँ राष्ट्रिय मेकानिकल, एरोस्पेस,अटोमोबाइल तथा इन्डस्ट्रियल प्रदर्शनी हुन लागेको हो ।
सोसाइटी अफ मेकानिकल एण्ड एरोस्पेस इन्जिनियरिङ स्टुडेन्ट्स (एसओएमएईएस), एसआईएमईएस, एएमईएसआईएन र पुल्चोक क्याम्पसको मेकानिकल तथा एरोस्पेस विभागको संयुक्त आयोजनामा प्रदर्शनी गर्न लागिएको हो।
‘ह्वेर भिजन मिट्स इन्डस्ट्री’ थिममा हुन लागेको प्रदर्शनीमा विविध प्रोजेक्टको प्रदर्शन हुनुका साथसाथै रोबो–रेस ,सोबो–सकर र गो–कार्ट आदिको प्रतियोगीता समेत हुने आयोजकमध्येका एक दिपेश सिम्खडाले जानकारी दिए ।
स्नातक, माध्यमिक तथा निम्न माध्यमिक तहमा अध्ययन गरिरहेका साथै सम्पूर्ण टेक्नोलोजीप्रेमीलाई प्रदर्शनीमा सहभागी हुन आयोजकले आह्वान गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण