मध्य चीनमा भएको आगलागीमा परी ३९ जनाको मृत्यु
बेइजिङ । मध्य चीनको जियाङ्सी प्रान्तमा एउटा स्टोरमा आगलागी हुँदा बुधबार कम्तीमा ३९ जनाको मृत्यु र नौ जना घाइतेको उपचार भइरहेको सरकारी मिडियाले बताएको छ ।
मुलुकको सरकारी प्रसारक सिसिटिभीले भनेको छ, “जनवरी २४ मा स्थानीय समयअनुसार दिउँसो ३ः२४ बजे शिन्यु, जियाङ्सीमा एउटा स्टोरमा जमिनको तल्लो तहमा आगो लागेको थियो, अहिलेसम्म दुर्घटनामा ३९ जनाको मृत्यु भएको छ र नौ जना घाइते भएका छन् । अन्य मानिस अझै पनि आगलागीमा फसेका छन् ।”
रिपोर्टमा आगो लाग्नुको सटीक कारण वा कति मानिस अझै खतरामा छन् भन्नेबारे बताइएको छैन । आगलागी भएपछि चिनियाँ राष्ट्रपति सि जिनपिङले एक विज्ञप्तिमा मुलुकमा घातक दुर्घटनाहरूमा ‘दृढ नियन्त्रण’ को आह्वान गरेका छन् ।
सिसिटिभी रिपोर्टका अनुसार सिले महत्त्वपूर्ण निर्देशन जारी गर्दै भनेका छन्, “मानिसहरूको जीवन र सम्पत्तिको सुरक्षा तथा समग्र सामाजिक स्थिरता सुनिश्चित गर्नका लागि बारम्बारको दुर्घटनाहरूलाई रोकथाम गर्न आवश्यक छ ।”
घटनास्थलको सिसिटिभीले जारी गरेको भिडियो फुटेजमा धेरै अग्निशमन वाहन र अन्य आपत्कालीन सवारीहरू सडकमा देखाइएको छ । राज्य समर्थित आउटलेट ग्लोबल टाइम्सले सहरमा एक ‘आपत्कालीन कमान्ड’ को विज्ञप्तिलाई पोस्ट गरेको छ । उक्त कमान्ड आगलागी भएपछि स्थानीय अधिकारीहरूले स्थापना गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, “अहिले घटनास्थलमा खोजी तथा उद्धार कार्य जारी छ र दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूरोप, अमेरिकामा रोजगारी दिने भन्दै ठगी बढेपछि सचेत रहन मन्त्रालयको आग्रह
-
माथिको आदेश मात्रै पालना गर्ने हो भने नेताहरू डाइनोसर हुन्छन्: मुख्यमन्त्री कार्की
-
जसपा विभाजनपछि विप्लवको टिप्पणी : स्थिति चिन्ताजनक छ, परिस्थितिलाई सम्हालियोस्
-
नार्कमा ४६ प्रतिशत दरबन्दी रिक्त
-
सञ्चालनमा आयो नेपालगन्ज एकीकृत जाँच चौकी, २ ट्रक प्लाइउड भारत निर्यात
-
म्याडोनाको फ्रि कन्सर्टमा १६ लाखभन्दा बढी दर्शक