नाबालिगमाथि जबरजस्ती करणी गर्ने दुई जना पक्राउ
बिहीबार, ११ माघ २०८०, १२ : ४९
बर्दिया । बर्दियामा नाबालिगमाथि जबरजस्ती करणीको छुट्टाछुट्टै घटनामा प्रहरीले दुई जना पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार बिहे गर्छु भन्दै नाबालिगमाथि पटक-पटक जबरजस्ती करणी गरेको आरोपमा बढैयाताल गाउँपालिका-३ का एक जनालाई पक्राउ गरेको हो । ती व्यक्तिले माघ २ गते सोही स्थान बस्ने नाबालिगलाई बिहे गर्छु भनी फकाई भगाएर गाउँकै एक घरमा लगेर माघ ७ गतेसम्म पटक-पटक जबरजस्ती करणी गरेको प्रहरीको भनाई छ ।
त्यस्तै बाँसगढी नगरपालिका-०९ कि एक नाबालिगलाई जबरजस्ती करणी गरी फरार प्रतिवादी सोही स्थान बस्ने अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई माघ ११ गते बढैयाताल गाउँपालिका-२ जमुनीमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको थियो । दुवैमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
-
यसरी सम्भव छ बाह्रैमास पर्यटन
-
जर्मन फरवार्ड करिम अदेयेमी बार्सिलोनामा अनुबन्ध, २२ मिलियन युरोको सम्झौता
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण