कोशीमा मतगणना सुरु

विराटनगर । कोशी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतगणना सुरु भएको छ । केहीबेर अघि मतगणना सुरु भएको हो । सुरुमा महिला उम्मेदवारहरुको मतगणना भइरहेको छ ।
सत्ता गठबन्धनबाट कोशी प्रदेशको अन्यतर्फ कांग्रेसका कृष्णप्रसाद सिटौला र महिलातर्फ माओवादीकी चम्पा कार्की उम्मेदवार छन् । गठबन्धनसँग मुकाबिला गर्न नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीभित्र चुनावी तालमेल भएको छ ।
सिटौलाविरुद्ध राप्रपाका उद्धव पौडेल र कार्कीसँग एमालेकी रुक्मिणी कोइराला भिड्दै छन् । यस्तै मधेस प्रदेशमा राष्ट्रियसभाका २ सिटका लागि ५ जना चुनावी मैदानमा छन् । गठबन्धनबाट अन्यतर्फ कांग्रेसका आनन्द ढुंगाना र महिलातर्फ जसपाकी पूजा चौधरी उम्मेदवार छन् ।
गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरीविरुद्ध एमालेले अन्यतर्फ विजेता झा र महिलातर्फ उषादेवी थरुनी मैदानमा पठाएको छ । यता सत्ता गठबन्धनमा रहेका जनमत पार्टीले पनि अन्यतर्फ रामशंकर महासेठ प्रतिस्पर्धामा उतारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राज्य जिम्मेवारीबाट पन्छिँदा कालोसूचीमा पर्नेहरू बढे
-
कांग्रेस सभापति देउवा किन जाँदै छन् थाइल्यान्ड ?
-
‘आचरणसम्बन्धी व्यवस्था उल्लंघन नगरे कालोसूचीमा परिँदैन’
-
चिनियाँ कम्युनिस्ट पार्टी बदल्ने राष्ट्रपति सीका ८ नियमबारे नेपालमा चर्चा
-
संयुक्त जनआन्दोलन समितिले ७७ वटै जिल्लामा सङ्गठन विस्तार गर्ने
-
बाँकेको कोहलपुरमा फेन्सी पसलमा आगलागी