चौथो बलमै गुल्सन झाले लिए अफगानिस्तानको विकेट
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको प्रारम्भमै नेपालले अफगानिस्तानको विकेट लिएको छ । नेपालका बलर गुल्सन झाले अफगानिस्तानका ओपनर ब्याट्सम्यान नुमन शाहलाई दिपक डुम्रेद्वारा क्याच गराएका हुन् ।
आउट हुनुअघि नुमनले खातासम्म खोल्न सकेका थिएनन् । पहिलो ओभरको चौथो बलमा नुमन आउट हुँदा अफगानिस्तानले केवल एक रन बनाएको थियो । उक्त खेलमा अफगानिस्तानले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको हो ।
यो खेलमा नेपाल र अफगानिस्तान दुबै टोली जित्नै पर्ने दबाबमा छन् । समूह ‘डी’ बाट पाकिस्तान र न्युजिल्यान्ड ‘सुपर सिक्स’ चरणमा पुग्ने निश्चित भइसकेकाले पनि नेपाल र अफगानिस्तान दबाबमा परेका हुन् ।
शुक्रबारको खेलमा विजयी हुने टोली समूह ‘डी’ बाट तेस्रो हुँदै ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्नेछ । नेपाल र अफगानिस्तान दुबैले यसअघि दुई–दुई हार ब्यहोरिसकेका छन् । नेट रन रेटमा भने अफगानिस्तानभन्दा नेपाल अगाडि छ । नेपालको नेट रन रेट –०.८०० र अफगानिस्तानको नेट रन रेट –२.८६० रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर नगराएपछि निमित्त प्रमुखको अधिकार रद्द
-
गोरखाबाट सुत्केरी महिलाको हवाई उद्धार
-
आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनबारे छलफल सुरु
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण