महावीर पुनले वीरेन्द्रनगरमा बेचे १७१६ पुस्तक
सुर्खेत । राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सुर्खेतको वीरेन्द्रनगरमा एक हजार ७ सय १६ वटा किताब बेचेका छन् ।
उनले चार दिनको अवधिमा एक हजार ७ सय १६ वटा किताब बिक्री गरेका हुन् ।
चार दिनअघि सुर्खेतको राजधानी वीरेन्द्रनगरमा आएका उनले पहिलो दिनमा ४ लाख ४६ हजार २५० रुपैयाँको ५९५ पुस्तक बिक्री गरेका थिए ।
यस्तै दोस्रो दिन २ लाख ६२ हजार ५०० को ३५० वटा किताब बिक्री गरेका उनले तेस्रो दिनमा ३ लाख १५ हजार ७५० रुपैयाँको ४२१ पुस्तक बिक्री गरे । उक्त दिन राष्ट्रिय सभाको निर्वाचन थियो । निर्वाचन स्थलमै पुगेर पुनले नेताहरुलाई समेत किताब बेचेका थिए ।
चौथो दिनमा २ लाख ६२ हजार ५०० को ३५० किताब बेचेर उनी शुक्रबार दैलेखतर्फ लागे । पुनले शनिवार दैलेख सदरमुकाममा किताब बेचिरहेका छन् ।
वीरेन्द्रनगरमा स्थानीय समाजसेवी युवा नवराज बोहोरालगायतले पुनलाई किताब बिक्री गर्नमा सहयोग गरेका थिए । युवाहरुकै सहयोगमा वीरन्द्रनगरका विभिन्न चोक तथा विद्यालयहरुमा किताब बिक्री गरिएको थियो ।
पुनले वीरगंजको कृषि औजार कारखाना सञ्चालनका लागि उक्त किताब बिक्री गरिरहेका छन् । किताब पुनकै जीवनमा आधारित रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्याण्ड र घानाबिचको खेलमा बन्योः विश्वकप इतिहासकै खराब कीर्तिमान
-
‘गर या मर’ को स्थितिमा पानामा र क्रोएसियाको भिडन्त, पहिलो जितको खोजीमा दुवै टोली
-
बोस्टनमा इङ्गल्याण्डको ‘वान वे ट्राफिक’: बल पोजेसन भए पनि अंक बाँड्न बाध्य
-
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण