शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

सुक्खा बन्दरगाह निर्माण छिट्टै सुरु हुन्छ : नेता लेखक

शनिबार, १३ माघ २०८०, १८ : ०४
शनिबार, १३ माघ २०८०

कञ्चनपुर । नेपाली कांग्रेसका नेता एवं प्रमुख सचेतक रमेश लेखकले दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माणको काम दुई–तीन महिनाभित्रै सुरु हुने बताएका छन् ।

आज कञ्चनपुरमा आयोजित कार्यक्रममा नेता लेखकले सुक्खा बन्दरगाह निर्माणका लागि छिट्टै बोलपत्र आह्वान हुने बताए । “सुक्खा बन्दरगाह निर्माणका लागि नेपाल र भारतबिच अन्तिम सम्झौता भइसकेको छ”, नेता लेखकले भने, “दुई–तीन महिनाभित्रै भारतको सहयोगमा बोलपत्र आह्वान गरेर बन्दरगाह निर्माण अगाडि बढाउँछौँ ।” 

त्यसैगरी उनले डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै छिमेकी मुलुक चीनसम्म महाकाली करिडोर जोड्ने काम अगाडि बढेको बताए । “यस वर्ष कञ्चनपुरबाट डडेल्धुराको जोगबुढासम्म ट्रयाक खोल्न सफल भएका छौँ”, उनले भने, “आउँदो प्रत्येक वर्ष एक–एक जिल्ला हुँदै महाकाली करिडोरलाई चीनसम्म जोड्ने हाम्रो योजना छ ।” उनले महेन्द्रनगरस्थित मझगाँउमा विमानस्थल सञ्चालनमा ल्याउन र महाकाली प्रादेशिक अस्पताललाई थप गुणस्तर बनाउने प्रयास भइरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप