सुक्खा बन्दरगाह निर्माण छिट्टै सुरु हुन्छ : नेता लेखक
कञ्चनपुर । नेपाली कांग्रेसका नेता एवं प्रमुख सचेतक रमेश लेखकले दोधारा चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह निर्माणको काम दुई–तीन महिनाभित्रै सुरु हुने बताएका छन् ।
आज कञ्चनपुरमा आयोजित कार्यक्रममा नेता लेखकले सुक्खा बन्दरगाह निर्माणका लागि छिट्टै बोलपत्र आह्वान हुने बताए । “सुक्खा बन्दरगाह निर्माणका लागि नेपाल र भारतबिच अन्तिम सम्झौता भइसकेको छ”, नेता लेखकले भने, “दुई–तीन महिनाभित्रै भारतको सहयोगमा बोलपत्र आह्वान गरेर बन्दरगाह निर्माण अगाडि बढाउँछौँ ।”
त्यसैगरी उनले डडेल्धुरा, बैतडी र दार्चुला जिल्ला जोड्दै छिमेकी मुलुक चीनसम्म महाकाली करिडोर जोड्ने काम अगाडि बढेको बताए । “यस वर्ष कञ्चनपुरबाट डडेल्धुराको जोगबुढासम्म ट्रयाक खोल्न सफल भएका छौँ”, उनले भने, “आउँदो प्रत्येक वर्ष एक–एक जिल्ला हुँदै महाकाली करिडोरलाई चीनसम्म जोड्ने हाम्रो योजना छ ।” उनले महेन्द्रनगरस्थित मझगाँउमा विमानस्थल सञ्चालनमा ल्याउन र महाकाली प्रादेशिक अस्पताललाई थप गुणस्तर बनाउने प्रयास भइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको वार्षिक प्रगति ८२ प्रतिशत
-
डा. केसीले उठाएका विषय प्रष्ट पार्न आग्रह
-
१२ बजे १२ समाचार: प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल, कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्यो
-
गेउरिया खोलामा पक्की पुल बनेसँगै आवागमन सहज
-
नेपाल बाल सङ्गठनको बाल मन्दिरमा पुनः संरचनाको काम सुरु
-
भोटेकोशीमा इभी खस्दा चालकसहित सवारीसाधन बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण