पुनरागमन गर्दै रियल शीर्ष स्थानमा
आइतबार, १४ माघ २०८०, ०९ : २४
मड्रिड । गोलले पछि परेको स्थिति उल्टाउँदै रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार लास पालमासलाई रियलले २–१ गोलले हराएको हो ।
दोस्रो हाफको सुरुवातमा ज्याभिएर मुनोजको गोलको मद्दतले घरेलु टोली लास पालमासले खेलमा अग्रता लिएको थियो । तर, लगातार दोस्रो हप्ता रियलले पुनरागमन गर्न सफल भएको थियो ।
६५ औँ मिनेटमा भिनिसियस जुनियरले बराबरी गोल फर्काए भने सब्सटिच्युट औरेलियन टुअमानीले ८४ औँ मिनेटमा टोनी क्रुसको क्रसमा गोल गर्दै कार्लो एन्चेलोटीको टोलीलाई जीत दिलाए ।
जीतसँगै रियल दोस्रो स्थानमा रहेको जिरोनाभन्दा २ अङ्कले अघि रहेको छ । २१ खेलपछि रियलको ५४ अङ्क रहेको छ भने जिरोना ५२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । शनिबारको खेलमा जुड बेलिङह्याम निलम्बित थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण