आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्र बैंकले सोमबार १९ अर्ब १० करोडको ट्रेजरी बोलकबोल गर्ने

आइतबार, १४ माघ २०८०, १५ : ५४
आइतबार, १४ माघ २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । माघ १६ गते जारी गर्नेगरी केन्द्रीय बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा उक्त ट्रेजरी बोलकबोल गर्न लागेको हो । 
तथापि, मंगलबार जारी हुने ट्रेजरी नयाँ नभएर यसअघि नै बिक्री भएको पुरानै ट्रेजरीको नवीकरण गर्न लागिएको हो । 

बैंकको सूचना अनुसार ९१ दिने ट्रेजरीमा ८ अर्ब १० करोड रुपैयाँ नवीकरण हुनेछ भने १८२ दिने र ३६४ दिनेमा क्रमशः ५ अर्ब रुपैयाँ र ६ अर्ब रुपैयाँ नवीकरण हुनेछ । 
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले सोमबार अर्थात् माघ १५ गते दिउँसो २ बजेसम्म अनलाइन आवेदन दिइसक्नुपर्नेछ । उक्त ट्रेजरीको बिक्री भने माघ १६ गते मंगलबार बिक्री हुनेछ । 

केन्द्रीय बैंकले यसअघि माघ ८ गते १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप