राष्ट्र बैंकले सोमबार १९ अर्ब १० करोडको ट्रेजरी बोलकबोल गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार १९ अर्ब १० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । माघ १६ गते जारी गर्नेगरी केन्द्रीय बैंकले ९१ दिने, १८२ दिने र ३६४ दिने गरी तीन किसिममा उक्त ट्रेजरी बोलकबोल गर्न लागेको हो ।
तथापि, मंगलबार जारी हुने ट्रेजरी नयाँ नभएर यसअघि नै बिक्री भएको पुरानै ट्रेजरीको नवीकरण गर्न लागिएको हो ।
बैंकको सूचना अनुसार ९१ दिने ट्रेजरीमा ८ अर्ब १० करोड रुपैयाँ नवीकरण हुनेछ भने १८२ दिने र ३६४ दिनेमा क्रमशः ५ अर्ब रुपैयाँ र ६ अर्ब रुपैयाँ नवीकरण हुनेछ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले सोमबार अर्थात् माघ १५ गते दिउँसो २ बजेसम्म अनलाइन आवेदन दिइसक्नुपर्नेछ । उक्त ट्रेजरीको बिक्री भने माघ १६ गते मंगलबार बिक्री हुनेछ ।
केन्द्रीय बैंकले यसअघि माघ ८ गते १० अर्ब ४९ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण