टोली नेताको धारणापछि निष्कर्ष सुनाएर एकीकृत समाजवादीको बैठक सकिँदै
काठमाडौँ । विधान संशोधनका लागि आइतबार सुरु भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठक आज सकिँदैछ । बैठकमा पेश भएको विधान संशोधन मस्यौदामाथि आज १० जना टोली नेताले धारणा राखेपछि निष्कर्ष सुनाएर बैठक सक्ने तयारी रहेको सो पार्टीका प्रचार विभाग प्रमुख समेत रहेका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।
‘११ बजेपछि १० वटा टोली नेताले विधान संशोधनका सवालमा आ-आफ्नो लिखित प्रस्तुति दिनुहुन्छ । प्रस्तावमा उहाँहरूले राखेका प्रस्तुति समेतलाई समेटेर निष्कर्ष सुनाइन्छ र बैठक समापन हुन्छ’, नेता खतिवडाको भनाइ छ । करिब १ हजार बढी प्रतिनिधि सहभागी बैठकमा प्रस्तुत विधान मस्यौदामा संशोधनका लागि विकल्पसहितका प्रस्ताव गरिएको छ । सो पार्टीमा पार्टी पदाधिकारीको निर्वाचन प्रत्यक्ष गर्ने कि अप्रत्यक्ष गर्ने भन्ने विषय पेचिलो छ ।
त्यस्तै महाधिवेशनका प्रतिनिधिहरू तलैबाट निर्वाचित हुने कि मनोनीत गर्ने भन्ने विषय पनि विधानले व्यवस्था गर्नेछ । ‘केन्द्रीय सदस्यले चुनाव लडेर प्रतिनिधि बन्ने व्यवस्था गर्ने या नपर्ने भन्ने सोधिएका प्रश्नहरूको उत्तर लिएर निर्णय हुन्छ’, नेता खतिवडाले जानकारी दिए ।
यसबाहेक केन्द्रीय कमिटी, प्रदेश कमिटी, जिल्ला कमिटीको सङ्ख्याका बारेमा समेत विधानले व्यवस्था गर्नेछ । कमिटीहरूको अहिलेको व्यवस्था अनुसार धेरै सङ्ख्याको कमिटी घटाएर सानो आकारको बनाउने सो पार्टीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाल संरक्षण भत्ता हिनामिना गरेको आरोपमा गाविसका तत्कालीन सचिवसहित तीन जनाविरुद्ध मुद्दा दायर
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण