गिनी नौ वर्षपछि अफ्रिका कप अफ नेशन्सको क्वार्टरफाइनलमा
काठमाडौँ । हालसम्म उपाधिको स्वाद चाख्न नसकेको गिनी अफ्रिका कप अफ नेशन्स फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ । गिनी सोमबार विहान सम्पन्न निकै प्रतिस्पर्धात्मक प्रिक्वार्टरफाइनल खेलमा इक्वेटोरियल गिनीलाई १–० गोलले हराउँदै गिनी क्वार्टरफाइनलमा पुगको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलमा ९८ औँ मिनेटमा गिनीले निर्णायक गोल गरेको थियो । गिनीका लागि मोहम्मद बायोले गोल गरेका थिए । त्यसअघि दुबै टोलीले एकअर्काको पोष्टमा केही गतिलो प्रहार गरे पनि गोल भने हुन सकेको थिएन ।
खेलका क्रममा इक्वेटोरियल गिनी १० खेलाडीमा समेटिएको थियो । निर्धारित समयको ५५ औँ मिनेटमा इक्वेटोरियल गिनीका मिडफिल्डर फेड्रिको बिकोरो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । पश्चिम अफ्रिकी राष्ट्र गिनी सन् २०१५ पछि पहिलो पटक क्वार्टरफाइनलमा पुगेको हो ।
गिनीले प्रतियोगिताको क्वार्टरफाइनल खेलमा अब कंगोको सामना गर्नेछ । कंगो भने सातपटकको उपाधि विजेता राष्ट्र इजिप्टलाई पेनाल्टी सुटआउटमा ८–७ गोलले हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण