मैयादेवी गर्ल्स यू–१९ कप राष्ट्रिय क्रिकेट: सुदूरपश्चिमले कोशीलाई १९ रनले हरायो
काठमाडौँ । भरतपुरमा जारी मैयादेवी गर्ल्स यू–१९ कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा सुदूरपश्चिम प्रदेशले कोशी प्रदेशलाई १९ रनले पराजित गरेको छ । टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले निर्धारित १५ ओभरमा तीन विकेट गुमाएर एकसय चार रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले भने निर्धारित ओभरमा ६ विकेट गुमाएर ८५ रनमात्र बनाउन सक्यो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि सावित्री धामीले अविजित ३३ रनको योगदान गरिन् । उनले २३ बलमा ६ चौका पनि हिर्काइन् । कप्तान स्नेहा महराले अविजित २० रन बनाइन् । उनले १७ बलमा तीन चौका प्रहार गरिन् । ओपनर निलम पाण्डेले १६ रन जोडिन् । उनले २१ बलमा चार चौका पनि प्रहार गरिन् । अर्की ओपनर मनिषा बोहराले १० रन बटुलिन् ।
अनु कडायत चार रनमा आउट भइन् । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा पनि २१ रन पायो । कोशी प्रदेशका बलर रिया शर्मा र निरा राजवंशीले एक–एक विकेट लिए । जवाफी ब्याटिङ गरेको कोशी प्रदेशका लागि रिया शर्माले ३९ बलमा अविजित २७ रन बनाइन् ।
टिका शाहले पनि २५ रन जोडिन् । उनले १५ बलमा पाँच चौका पनि प्रहार गरिन् । प्रतिभा मण्डल १० रनमा अविजित रहिन् । उनले २१ बलमा एक चौका प्रहार गरिन् । कोशी प्रदेशका माथिल्ला तीन ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । ओपनर पूर्णिमा राजवंशीले खाता खोल्न सकिनन् । भवानी कामती दुई रन बनाउँदै आउट भइन् । कप्तान विमला मलाह पनि शून्य रनमै पेभेलियन फर्किइन् । निरा राजवंशीले पनि रन बटुल्न सकिनन् । प्रिया मलाह दुई रनमा आउट भइन् ।
कोशी प्रदेशले अतिरिक्त रुपमा १९ रन पाएको थियो । सुदूरपश्चिम प्रदेशका बलर अनु कडायत र स्नेहा महराले दुई–दुई विकेट लिए । जानकी थापा र करिष्मा थापाले पनि एक–एक विकेट हात पारेका थिए । उक्त खेलमा स्नेहा महरा प्लेयर अफ दी म्याच घोषित भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीको लहरले बेलायती अर्थतन्त्रमा एक अर्ब १५ करोड पाउन्डको क्षति
-
चलचित्र क्षेत्रलाई उद्योगको मान्यता दिने विषयमा छलफल
-
भन्सार छलेर ल्याइएका लत्ताकपडा बरामद
-
‘रेड सी’ मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
-
पूर्वाधार न्यायाधीकरणसम्बन्धी विधेयकलाई अन्तिम रूप दिइँदै
-
नेपाल र सिचुआन प्रान्तबिच संस्कृति र पर्यटन प्रवर्द्धन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण