आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ प्रणालीमा तरलता थुप्रियो : मंगलबार २० अर्ब तान्दै केन्द्रीय बैंक

मङ्गलबार, १६ माघ २०८०, ११ : १६
मङ्गलबार, १६ माघ २०८०

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार बैंकिङ प्रणालीमार्फत २० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रियसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत १४ दिनका लागि २० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । 
पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप संकलन उपकरणमार्फत निरन्तर बैंकिङ प्रणालीमार्फत तरलता तानिरहेको छ । 

माघ ७ गतेको पछिल्लो रिपोर्ट अनुसार बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपको आकार ६१ खर्ब २७ अर्ब रुपैयाँ रहेको छ । तर सो अवधिमा यता कर्जा लगानी भने ५० खर्ब ७१ अर्ब रुपैयाँ हारहारी मात्र देखिन्छ । 

अन्तर बैंक ब्याजदर २.९९ प्रतिशत रहेकोमा ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ४ प्रतिशत हारहारीमा झरेको छ । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा÷निक्षेप अनुपात (सीडी रेसिया) ८०.११ प्रतिशत मात्र कायम गरेका छन् । यसो हुँदा हाल बैंकहरुसँग ६ खर्बमाथि लगानी योग्य पुँजी (तरलता) रहेको बुझिएको छ । 
जसले गर्दा पनि केन्द्रीय बैंकले पछिल्ला दिनहरुमा रिभर्स रिपो अर्थात् निक्षेप संकलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप