आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

एनआईबीएल स्टेबल फन्ड खरिद गर्ने आज अन्तिम दिन

मङ्गलबार, १६ माघ २०८०, ११ : १९
मङ्गलबार, १६ माघ २०८०

काठमाडौँ । एनआइबीएल स्टेबल फन्ड (बन्दमुखि योजना)को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २ गतेदेखि बिक्री खुल्ला गरेको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई फन्डको अन्तिम मिति माघ १६ गते मंगलबार सकिँदै छ । इच्छुक लगानीकर्ताहरूले आज बेलुका ५ बजेसम्म कम्पनीको फन्ड खरिदका लागि आवेदन दिन सक्नेछन् ।

प्रति इकाई अंकित मूल्य रु.१० दरमा २०८०÷१०÷०२ गतेदेखि निष्कासन तथा बिक्री खुला गरिएको कम्पनीको फन्डका लागि हालसम्म ४१ हजार ४६५ जना आवेदकहरूद्वारा १० करोड ५ लाख ९६ हजार ४८० इकाई खरिदका लागि आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ । 
उक्त आवेदन मध्ये ४ हजार ६३९ आवेदकद्वारा माग भएको १ करोड ४४ लाख ९१ हजार ८ सय इकाईको आवेदन रद्द भएको समेत कम्पनीले जानकारी दिएको छ । 

यस बन्दमुखी योजनाको इकाई खरिदका लागि ‘मेरो सेयर’ मार्फत सजिलै आवेदन दिन सकिनेछ । साथै आफ्नो बैंक खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट समेत आवेदन दिन सकिनेछ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप