एनआईबीएल स्टेबल फन्ड खरिद गर्ने आज अन्तिम दिन
काठमाडौँ । एनआइबीएल स्टेबल फन्ड (बन्दमुखि योजना)को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २ गतेदेखि बिक्री खुल्ला गरेको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई फन्डको अन्तिम मिति माघ १६ गते मंगलबार सकिँदै छ । इच्छुक लगानीकर्ताहरूले आज बेलुका ५ बजेसम्म कम्पनीको फन्ड खरिदका लागि आवेदन दिन सक्नेछन् ।
प्रति इकाई अंकित मूल्य रु.१० दरमा २०८०÷१०÷०२ गतेदेखि निष्कासन तथा बिक्री खुला गरिएको कम्पनीको फन्डका लागि हालसम्म ४१ हजार ४६५ जना आवेदकहरूद्वारा १० करोड ५ लाख ९६ हजार ४८० इकाई खरिदका लागि आवेदन प्राप्त भएको कम्पनीले जनाएको छ ।
उक्त आवेदन मध्ये ४ हजार ६३९ आवेदकद्वारा माग भएको १ करोड ४४ लाख ९१ हजार ८ सय इकाईको आवेदन रद्द भएको समेत कम्पनीले जानकारी दिएको छ ।
यस बन्दमुखी योजनाको इकाई खरिदका लागि ‘मेरो सेयर’ मार्फत सजिलै आवेदन दिन सकिनेछ । साथै आफ्नो बैंक खाता रहेको बैंक तथा वित्तीय संस्थाबाट समेत आवेदन दिन सकिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुस्ताङ भन्सारबाट ६ अर्ब ६६ करोड बढी राजस्व सङ्कलन
-
व्यावसायिक रुद्राक्ष खेतीबाट राम्रो आम्दानी गर्दै मैदानेका किसान
-
दमौली बजारका अवैध संरचना हटाउन आग्रह
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण