ओली समकालीन नेपाली राजनीतिका सर्वाधिक प्रतिभाशाली नेता हुनुहुन्छ : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली राजनीतिक सर्वाधिक प्रतिभाशाली नेताहरुको रुपमा चित्रण गरेकी छन् ।
मंगलबार काठमाडौँमा आयोजित एक समारोहका बिच ‘संसदमा केपी शर्मा ओली’ नामक पुस्तक लोकार्पण गर्दै उनले ओली सबैका लागि सदैव प्रेरणा र ज्ञानको स्रोतको रुपमा रहन सक्ने नेता भएको समेत बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले संसदमा गरेका भाषणहरु पनि राजनीतिक हिसाबले मात्रै नभएर बहुविधागत ज्ञानका दृष्टिकोणले समेत महत्त्वपूर्ण रहेको उल्लेख गर्दै त्यो संकलनीय र संग्रहणीय रहेको पनि बताइन् । उनले सो पुस्तकले नेपाली संसदको इतिहास, नेपालको तत्कालीन राजनीतिक अवस्था र परिवर्तनका सम्बन्धमा नेकपा एमालेले खेलेको भूमिका समेत उजागर गरेको बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले सो पुस्तकलाई आम नेपालीको साझा सम्पत्तिको रुपमा रहेको भन्दै त्यसले भावी पुस्ताका लागि विगत नियाल्ने आँखीझ्याल र इतिहास अध्ययनका लागि उपयोगी स्रोत सामग्री बन्नसक्ने बताइन् ।
पूर्वराष्ट्रपति भण्डारीले सो पुस्तक नेताहरुलाई जनतासँग गरेका वाचा पूरा गराउन पनि उपयोगी हुने विश्वास व्यक्त गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण