न्यायाधीशको निधनपछि बुधवार उच्च अदालत पाटन र मातहत अदालतमा बिदाको तयारी

काठमाडौँ । उच्च अदालत पाटनका बहालवाला न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनपछि बुधवार मातहत अदालतमा बिदा दिने तयारी भएको छ । न्यायाधीश मरासेनीलाई मङ्गलवार बिहान हृदयघात भएपछि उपचारको क्रममा निधन भएको थियो ।
बहालवाला न्यायाधीशको निधनपछि बुधवार उच्च अदालत पाटन, उच्च अदालत पाटनको हेटौँडा इजलास र मातहतका जिल्ला अदालतहरूमा बिदा दिने तयारी गरिएको हो ।
शोक बिदाका लागि मङ्गलवार नै सर्वोच्च अदालतमा फुलकोर्ट बैठक बसेको छ । यद्यपि सतगतपछि मात्रै निर्णय हुने भएकाले भोलि बिहान मात्रै निर्णय सार्वजनिक गर्ने तयारी भएको सर्वोच्च अदालत श्रोतले बताएको छ ।
बागमती प्रदेशमा रहेको उच्च अदालत पाटन मातहतका जिल्लाहरू रामेछाप, सिन्धुली, दोलखा, रसुवा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, काठमाडौँ, भक्तपुर र ललितपुर तथा उच्च अदालत पाटनको हेटौँडा इजलास मातहतका जिल्लाहरू मकवानपुर र चितवन जिल्ला अदालतमा बुधवार सार्वजनिक बिदा दिन लागिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फर्पिङबाट लागुऔषध सहित दुई जना पक्राउ
-
कैलाली जिल्ला कारागारमा कैदीबन्दीको मृत्यु
-
मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : ऊर्जामन्त्री
-
सिरहामा लागूऔषधसहित तीन जना पक्राउ
-
गण्डकीमा चरम निराशा : ७५ प्रतिशत जनतालाई अहिलेको गठबन्धनप्रति भरोसा छैन
-
निजामती सेवा विधेयकबारे मधेसी अधिकृत समाजद्वारा मन्त्री गुप्ताको ध्यानाकर्षण