चिकित्सक उत्पादन गर्न विश्वविद्यालय स्थापना गर्ने तयारीमा छौँ : मुख्यमन्त्री जम्कट्टेल
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि चिकित्सक उत्पादनका लागि विश्वविद्यालय स्थापना गर्न नीतिगत कार्यक्रम तर्जुमा गरी अघि बढेको बताएका छन् ।
रिपोर्टस क्लब मकवानपुरद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा मुख्यमन्त्री जम्कट्टेलले बागमती प्रदेशमा कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा अभियानमा आबद्ध गराउन सरकारले सञ्चार रजिस्टारमार्फत नीतिगत योजना तर्जुमा गरी कार्यान्वयन गर्न लागेको बताए । पत्रकार महासङ्घ पनि उक्त अभियानलाई गतिशील बनाउनतर्फ लाग्नुपर्ने उनले उल्लेख गरे ।
प्रदेशका सबै जिल्लामा कृषि उत्पादनलाई प्राथमिकता दिएर किसानलाई बढीभन्दा बढी सहभागी गराउन प्रदेश सरकारले कार्यक्रम अघि बढाएको मुख्यमन्त्री जम्कट्टेलले जानकारी दिए । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले मुलुकमा आर्थिक समृद्धि तथा पूर्वाधार निर्माणमा जोड दिन प्रदेश सरकारले नयाँ नीति तर्जुमा गरी कार्यान्वयन गर्न लागेको बताए । पत्रकारिता क्षेत्रलाई दलगत स्वार्थभन्दा माथि राख्न आग्रह गर्दै उनले राष्ट्रियता र प्रजातन्त्रको सम्वर्द्धनका लागि सबै पत्रकार एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा बागमती प्रदेशका सञ्चार रजिष्टार रेवती सापकोटा, रिपोर्टस क्लब नेपालका अध्यक्ष ऋषि धमला, नेपाल पत्रकार महासङ्घ बागमतीका पूर्वअध्यक्ष प्रताप विष्ट, नेपाल पत्रकार महासङ्घ मकवानपुरका उपाध्यक्ष ध्रुव अधिकारी, हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेलगायतले पत्रकारिता क्षेत्रको विकासका लागि सबै सञ्चारकर्मी एक हुन आग्रह गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण