भारतीय क्रिकेटर मयंकले अस्पतालको शैयाबाटै विमान कम्पनीविरुद्ध उजुरी दर्ता गराए
काठमाडौँ । भारतका लागि थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका ओपनर ब्याट्सम्यान मयंक अग्रवालले एक विमान कम्पनीविरुद्ध प्रहरीमा उजुरी दर्ता गरेका छन् । ३३ औँ वर्ष प्रवेशको सँघारमा रहेका मयंकले उडानका क्रममा खान–पिनमा लापरवाही गरेको भन्दै विमान कम्पनीविरुद्ध प्रहरीमा उजुरी गरेका हुन् ।
इन्डिगोको विमानमार्फत नयाँ दिल्ली जानेक्रममा मयंक विरामी परेका थिए । मयंक कर्णाटकको रणजी टोलीका कप्तान पनि हुन् । हाल उनको अगरतलाको एक अस्पतालमा उपचार भइरहेको छ । अहिले उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।
समाचारमा जनाइएअनुसार, विमानमा प्रवेश गर्नासाथ मयंकले आफ्नो सिटको अगाडि राखिएको कुनै पेय पदार्थ पिएका थिए । मयंकले आफूले पानी सम्झिएर त्यो पेय पदार्थ सेवन गरेको बताएका छन् । त्यसलगत्तै उनको मुख पोल्न थालेको थियो ।
मुखमा असह्य पीडा भएपछि उनलाई तत्काल अगरतलास्थित आईएलएस अस्पताल पुर्याइएको थियो । अहिले उनको मुखमा घाउ भएको छ भने अनुाहर पनि सुन्निएको छ । उनी अहिले पनि बोल्न सक्ने अवस्थामा छैनन् ।
मयंकले सेवन गरेको पेय पदार्थ के थियो भन्ने विषयमा छानबिन भइरहेको प्रहरीले जनाएको छ । मयंकले भारतका लागि २१ टेस्ट खेल्दै एक हजार चार सय ८८ रन बनाएका छन् । उनले भारतका लागि पाँच एकदिवसीय अन्तर्राष्ट्रिय पनि खेलेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
-
कांग्रेसको ‘एनसी फर एनसी’ अभियानमा के–के गर्नुपर्छ कार्यकर्ताले ?
-
करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस् : अर्थमन्त्री वाग्ले
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण