बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

एमाले सुर्खेतको नवौँ अधिवेशन स्थगित, अध्यक्ष भन्छन्– ममाथि अपमान भयो

बुधबार, १७ माघ २०८०, १८ : १९
बुधबार, १७ माघ २०८०

सुर्खेत । फाल्गुन ४, ५ र ६ गते तोकिएको नेकपा एमाले सुर्खेतको नवौँ जिल्ला अधिवेशन स्थगित भएको छ । जिल्ला अध्यक्ष अमृत बिसीले प्रेस विज्ञप्ति जारी गर्दै अधिवेशन स्थगित भएको जानकारी दिएका हुन् । 

अध्यक्ष बिसीले आठौँ जिल्ला अधिवेशनबाट आजसम्म आइपुग्दा पार्टी जसरी चल्नुपर्ने हो, त्यसरी चल्न नसकेको बताए । यस्तै उनले आफूमाथि अपमान भएको कुरा पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

‘अध्यक्षलाई अवमूल्यन तथा अपमान गर्दै केही व्यक्तिको इसारामा पार्टीलाई नचाउने प्रयत्नहरू भए, पार्टी जिल्ला कमिटीको बैठक हलमा तालाबन्दी गरी सदस्यहरुलाई बन्धक बनाएर निर्णय गर्न थालियो,’ उनले भने, ‘विभिन्न निर्वाचनमा खुलेआम घात–अन्तर्घात गरिए, अधिवेशनबाट बाहिरिएका जिम्मेवार कमरेडहरूलाई आग्रहपूर्ण तरिकाले बाहिर राखियो, केही जिम्मेवारीमा रहेका नेताहरुलले नै चरम अराजकता प्रदर्शन गर्ने क्रम बढ्दै गयो । एमालेको प्रथम कर्णाली अधिवेशनपछि सुर्खेतको पार्टी संगठनमा असहजता, झुलाघाट–चिवाभन्ज्याङ्ग, समृद्धिको सङ्कल्प यात्रा अभियान अन्तरगत सुर्खेतमा हुने आमसभाको तयारी बैठक बहिस्कार गरिनु, हरेक जिल्ला सचिवालय बैठकमा बैठकको मर्यादा उलंघन गर्दै प्रस्तुत हुनु जस्ता समस्याहरुको ठोस निराकरण नगरी गरिएको अधिवेशनले सार्थकता प्राप्त नगर्ने र सुर्खेतको पार्टी निर्माण पनि हुँदैन ।’

बिसीले आठौँ जिल्ला अधिवेशन पश्चात् आन्तरिक प्रतिस्पर्धालाई व्ययस्थित तथा वैज्ञानिक तवरले सञ्चालन गर्न नसकिएको पनि बताए । यो क्रम अझ बढी पेचिलो बन्ने उनको भनाइ छ । नवीकरणको समय हुँदाहुँदै दुरदराजका पार्टी सदस्यहरु नवीकरणबाट वञ्चित भएको पनि उनले बताएका छन् ।  

bigyapti

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप