कर्णालीमा हिमपात र वर्षा, कृषकहरु खुसी (तस्बिरहरु)
सुर्खेत । कर्णाली प्रदेशमा हिमपात र वर्षा भएकाे छ । बिहीबार बिहानदेखि कर्णालीका सबैजसो जिल्लामा वर्षा भइरहेको छ भने हिमाली जिल्लामा हिमपात भइरहेको छ ।
यस्तै मध्य पहाडका जिल्लाहरुका लेकाली तथा उच्च भू–भागहरुमा पनि हिउँ परिरहेको छ । हिमपातसँगै भएको वर्षातले किसानहरु भने उत्साहित छन् । यो वर्ष लामो समयसम्म पानी नपर्दा खडेरीले हिउँदे बाली सुक्न थालेको थियो । हिउँदे बाली सुक्न थालेसँगै कृषकहरु उत्पादनमा ह्रास आउने चिन्तामा थिए । तर, हिमपातसँग वर्षातले राहत दिएको कृषकहरु बताउँछन् । ‘पानी नपर्दा लगाएको गहुँ लगायतका अन्नबाली सुक्नै लागेका थिए, पानी आउँदा थोरै भएपनि राहत भयो,’हुम्लाका रत्नप्रसाद जैशी भन्छन्, ‘खासमा हिमालतिर अलि अगाडिनै हिमपात हुनुपर्ने हो तर, भएन ।’
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक वीरबहादुर ओलीका अनुसार हिमालीतिरका सबै जिल्ला र बाँकी जिल्लाहरुको पनि उच्च स्थानहरूमा हिउँ परिरहेको छ । रुकुम पश्चिम र पूर्वी रुकुमको सिमानामा दुई फिट हिउँ परेर सडक अवरुद्ध भएको उनले बताए । उनका अनुसार त्यहाँ अवरुद्ध बाटो पन्छाउने काम भइरहेको छ ।
त्यस बाहेक हिमपात र वर्षातले अप्रिय घटनाहरु घटेको अवस्था नरहेको उनको भनाइ छ । बरु हिमपात र वर्षाले कृषकहरु खुसी भएको ओली बताउँछन् । यद्यपि चिसोले गर्दा जनजीवन भने प्रभावित भएको छ ।
विशेषगरी जुम्ला सदरमुकाम खलंगा, हुम्ला, मुगु, डोल्पामा भने हिउँले ढपक्कै ढाकेको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने कर्णालीका हिमाली जिल्लामा यस वर्ष ढिलोगरी हिउँ परेको हो ।
_8TtcxCFWrX.jpg)
_6dgTh1FyJS.jpg)
_EE4l5VKUJJ.jpg)
_TTU3BfQGJr.jpg)
_RUXh5v0s9B.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
किचकबधमा नवौँ चरणको उत्खनन सुरु
-
अमेरिकी भिसा विवादका बिच इरानी टोली मेक्सिको पुग्यो
-
शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको इरानको दाबी
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी
-
ओलीका स्वकीय सचिव बज्राचार्यलाई अख्तियारले भरायो १३ पन्ने फारम
-
हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण