एमालेले शनिबार टुँडिखेलमा ‘युवा महोत्सव’ आयोजना गर्ने
काठमाडौँ । ‘सामाजिक परिवर्तनका लागि नेतृत्वमा युवा शक्ति’ भन्ने भावना जागृत गराउने लक्ष्यका साथ नेकपा (एमाले) को काठमाडौँ जिल्ला कमिटीले यही माघ २० गते (शनिबार) काठमाडौँको टुँडिखेलमा ‘युवा महोत्सव’ आयोजना गर्ने भएको छ ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न युवा शक्तिलाई समाज रुपान्तरणका दिशामा अभिप्रेरित गराउन यस प्रकारका महोत्सव काठमाडौँपछि देशव्यापीरुपमा आयोजना गर्ने सो कमिटीले जनाएको छ । उक्त महोत्सवबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा हरेक क्षेत्रमा युवापुस्ताको अनिवार्य सहभागितालाई अभियानकै रूपमा अगाडि बढाइने जानकारी दिइयो । एमालेका पोलिटब्युरो सदस्य एवं काठमाडौँ प्रमुख आनन्द पोखरेलले विश्वव्यापीकरणको वर्तमान स्थितिमा प्रविधिको प्रयोग र दुरुपयोगजस्ता विषयमा पनि युवालाई सजग गराइने बताए ।
एमाले काठमाडौँ जिल्ला कमिटीका अध्यक्ष दीपक निरौलाले मुलुकको विद्यमान जटिल अवस्थालाई चिर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सृदृढीकरण गर्न तथा राष्ट्रियता एकता र स्वाधीनताको रक्षार्थ युवाका बिच पार्टीलाई निरन्तर परिचालन गरिने जनाए । पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने महोत्सवमा विभिन्न विषयमा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमएस्सी गरेका विवेकले किन रोजे गलत बाटो ?
-
बुद्धचित्त माला व्यवसायीमाथि लुटपाट आरोपमा दुतराज पक्राउ
-
नेपालमा लगानी प्रवर्द्धनका लागि आबुधाबीमा 'नेपाल–युएई आर्थिक साझेदारी' कार्यक्रम सम्पन्न
-
बढ्यो दुर्घटना जोखिमः तर सकिएनन् चक्रपथका जेब्रा क्रसिङ र आकाशे पुल निर्माण
-
पूर्वलडाकु कमाण्डर लहानु चौधरी ठगी आरोपमा पक्राउ
-
वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी रकम असुलेको आरोपमा पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण