‘टालटुले हैन, दिगो समाधान पहिल्याउन आवश्यक छ ’
महोत्तरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जनताका समस्या अब टालटुले ढङ्गले नभइ दिगो समाधान पहिल्याउन आवश्यक भएको बताएका छन् । आज महोत्तरीमा ‘समुदायमा कांग्रेस’ र ‘हुलाकी राजमार्ग संवाद’ अभियानमा सरिक भएका नेता थापाले मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि जनताले कांग्रेसप्रति आशा गरेका बताए ।
“म झापाबाट अभियानमा सरिक हुँदै महोत्तरी आइपुगेको छु, जनताका समस्या सुनेको छु, विद्यमान राजनीतिले समाधान नदिने जनताले बताएका छन्” महामन्त्री थापाले भने, “संविधानभित्रका महिला, दलित र अन्य आरक्षण क्षेत्रको ‘समावेसी व्यवस्था’ राजनीतिक प्रतिनिधित्व नभइ ठूलाबडा नेताका घरपरिवारको बन्दोबस्त मिलाउने ठाउँ बन्यो भन्ने असन्तोष छ ।”
कांग्रेसले मधेसका जनता, पार्टीका नेता कार्यकर्तामा देखिएको असन्तोष चिर्दै अघि बढ्ने उनले दृढता जनाए । प्रतिनिधिसभाका सदस्यसमेत रहेका महामन्त्री थापाले मुलुकको बजेट अर्थमन्त्री र ठूलाबडा नेता, पूर्वप्रधानमन्त्रीको तजविजमा बन्ने अवस्था अन्त्य गरी यसलाई संस्थागत र खास प्रक्रियाबाट अघि बढाउने प्रयत्न आफूबाट भइरहेको उल्लेख गरे ।
महामन्त्री थापाले आज महोत्तरीका भ्रमरपुरा (लोहारपट्टी नगरपालिका), कारिखमहाराजस्थान पडौल (बलवा नपा) र भोलही (मनराशिशवा नगरपालिका)मा पार्टीका अगुवा नेता र सर्वसाधारण जनतासँग दोहोरो संवाद गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण