सुनको मूल्य तोलामा थप ३ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, १९ माघ २०८०, १० : ५२
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य थप ३ सय रुपैयाँले बढेको छ । अघिल्लो दिन प्रतितोला ५ सय रुपैयाँले बढेर १ लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार ५ सय रुपैयाँ पुगेको हो ।
यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा ३ सय रुपैयाँले नै बढ्दै १ लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तर यता चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले बढ्दै १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोस्रो पटक प्रतिनिधिसभा बैठक स्थगित, साढे ४ बजे बस्ने
-
४५.६९ अंकले नेप्से बढ्दा ५ अर्ब २५ करोडको कारोबार
-
पर्साका नाका १० जेठदेखि ४८ घण्टा बन्द हुने
-
प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च पुगे उपेन्द्र
-
सेतीमा पक्की पुल : तीन पटक म्याद थप गर्दा प्रगति २५ प्रतिशत मात्रै
-
राष्ट्रियसभाको बैठक सोमबारसम्म स्थगित