सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
हाम्रो खराब बानी
फोटोफिचर

हाम्रो खराब बानी

शनिबार, २० माघ २०८०
  • नेपाल फोटो लाइब्रेरी 

काठमाडौँ । हामी नेपाली अनि हाम्रो बानी | हाम्रो बानी निकै खराब छ । नियम नमान्ने खराब बानी ले दिनहुँ जस्तो सडकमा दुर्घटना हुने गर्छ । जथाभाबी बाटो काट्न,  फरक लेनमा हिँड्ने र यस्तै असुरक्षित बानीको कारणले दुर्घटना दिनानुदिन बढ्दो छ ।

road safety (1)

हामी दुर्घटना हुँदा मुख्यता सवारी साधनकै गल्ती देखाउने गर्छौ र आफैले नियम मिचेको देख्दैनौ  । समय समयमा ट्राफिक प्रहरी ले सचेतनामूलक कार्यक्रम गरे पनि लागु भने हुन सकेको देखिँदैन ।

road safety (2)

अझ काठमाडौँ उपत्यका को कुरा गर्ने हो भने जथाभाबी सडक काट्ने लाई जरिवाना लिने गरिए पनि पूर्ण रूपमा कार्यान्वयन हुन भने सकेन । नेपालमा सडक दुर्घटना को कारण धेरै मानिसले  अकालमा ज्यान गुमाउन परेको छ । पैदल यात्रुमैत्री संरचना नबन्नु र पैदल यात्रुले समेत ट्राफिक नियम पालनामा लापरबाही गर्दा दुर्घटना निम्तिने गर्छ ।

road safety (3)

देशभर दैनिक ५५ सवारीसाधन दुर्घटनामा पर्छन् । सवारी दुर्घटनामा दैनिक ६ जनाको मृत्यु र १२ जना गम्भीर घाइते हुन्छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो साढे १५ वर्षमा (०६५/०६६ देखि ०८०/०८१ मङ्सिरसम्म) देशभर ३ लाख १६ हजार २१२ सवारीसाधन सडक दुर्घटनामा परेको रेकर्ड छ । अर्थात् दैनिक औसत ५५ सवारी दुर्घटना भए । साढे १५ वर्षमा कुल ३२ हजार ८ सय ६१ जनाले सवारी दुर्घटनामा ज्यान गुमाए । ७१ हजार ७ सय ९९ जना गम्भीर घाइते भए ।

road safety (4)road safety (5)road safety (6)road safety (7)road safety (8)road safety (9)road safety (10)road safety (11)road safety (12)road safety (13)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया