मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रोशी खोलाले बगाएर काभ्रेमा एक जनाको मृत्यु

सोमबार, ०४ साउन २०८३, १८ : ०८
सोमबार, ०४ साउन २०८३

सारांश

  • रोशी खोलाले बगाएर काभ्रेको रोशी गाउँपालिका–७ स्थित कटुञ्जेबेशीमा ७५ वर्षीय मोतिमान पाख्रिनको मृत्यु भएको छ ।
  • सोमबार दिउँसो खोला तर्ने क्रममा पाख्रिनलाई रोशी खोलाले बगाएको थियो ।
  • स्थानीयले खबर गरेपछि प्रहरीले उनको शव खोलाबाट निकालेर पोस्टमार्टमका लागि धुलिखेल पठाएको छ ।

काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका–७ स्थित कटुञ्जेबेशीमा रोशी खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा बगाएर ७५ वर्षीय मोतिमान पाख्रिनको मृत्यु भएको काभ्रेका एसपी रविन कार्कीले रातोपाटीलाई बताए ।

सोमबार दिउँसो खोला तर्ने क्रममा पाख्रिनलाई रोशीले बगाएको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय मंगलटार र प्रहरी चौकी कटुन्जेको टोलीले उनको शव खोलाबाट निकालेर पोस्टमार्टम गर्न धुलिखेल पठाएको छ

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप