मुगु अस्पतालमा एक्स–रे मेसिन नहुँदा बिरामी समस्यामा
मुगु । कर्णाली प्रदेशको विकट हिमाली जिल्ला मुगु अस्पतालमा एक्स–रे मेसिन बिग्रिएर मर्मतको काम नहुँदा बिरामीलाई समस्या भएको छ । जिल्लाकै एकमात्र अस्पतालमा रहेको एक्स–रे मेसिनको इमेज क्यासेट बिग्रिएपछि बिरामीलाई एक्स–रे गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाउने गरिएको जिल्ला अस्पतालले जनाएको छ ।
उक्त एक्स–रे मेसिनको इमेज क्यासेट विद्युतीय भोल्टेज अनियमित भई बिग्रेको र करिब रु दुई लाख ५० हजार रकम खर्च मर्मतमा लाग्ने तथा अस्पतालले रकम व्यवस्थापन गर्नसक्ने भए पनि विद्युतीय भोल्टेजका कारण एक्स–रे मेसिन बिग्रने डरले मर्मत कार्य हुन नसक्दा सामान्य चोटपटकलगायत अन्य बिरामीलाई एक्स–रे गर्न जुम्ला पुग्नुपर्ने बाध्यता रहेको छ ।
जिल्लाका दुरदराजबाट उपचारका लागि जिल्ला अस्पताल आउने बिरामी एक्स–रे मेसिन अभावले अन्योलमा पर्ने गरेका छन् । अस्पतालमा एक महिनादेखि बिग्रिएको एक्स–रे मेसिन मर्मत कार्यका लागि पहल भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक डा.कमल ढुङ्गानाको भनाइ छ ।
उनका अनुसार मुगुको विद्युत्को भोल्टेज स्थिर नहुँदा अस्पतालका धेरै मेसिन उपकरण बिग्रिएर थन्क्याइएको छ । एक्स–रे मेसिन यसरी विद्युत् भोल्टेज स्थिर नभएर नै बिग्रिएको ढुङ्गानाले बताए । उनले लाखौँ रूपैयाँ खर्च गरेर एक्स–रे मेसिन बनाएर विद्युत्का कारणले बिग्रिहाल्ने बताए ।
केही दिनपछि अस्पताल हाताभित्र विद्युतीय ट्रान्सफर्मर जडान गरिने र मेसिन चलाउनसक्ने विद्युत्को भोल्टेज पुगेपछि एक्स–रे मेसिन मर्मत गरी सञ्चालन गरिने निमित्त स्वास्थ्य प्रमुख ढुङ्गानाले बताए । मेसिन चलाउन दुई सय २० भोल्ट विद्युत्को आवश्यकतापर्ने गरेको र हालको विद्युत्को भोल्टेज अपुग छ । विद्युतीय भोल्टेज बढाउने ट्रान्सफर्मर खरिदको प्रक्रिया पूरा भएपछि एक्स–रे सञ्चालन हुने स्वास्थ्य व्यवस्थापक डा.ढुङ्गानाले बताए ।
जिल्ला अस्पतालबाहेक एक्स–रेको कुनै विकल्प मुगुमा नभएपछि यहाँका बिरामीलाई जुम्ला जान आउन सवारीसाधनको भाडा र होटल खर्च गरी न्यूनतम रु सात हजारभन्दा बढी रकम लाग्ने गरेको छ । विसं २०६३ मा जिल्लाका साविकका गम, सोरू, खतेड र करान भेगका जनतालाई स्वास्थ्य सेवा उपलब्ध गराउने उदेश्यले १५ शय्याको अस्पताल सञ्चालनमा आएको थियो ।
जिल्ला अस्पताल बिरामीका लागि अझै व्यवस्थित र भरपर्दो हुन सकेको छैन । कोरियन सरकारले अस्पतालका आवश्यक उपकरणसहित भौतिक पूर्वाधार निर्माण गरिदिए पनि आन्तरिकरुपमा जनशक्ति अभाव, फार्मेसी सेवा सञ्चालन र रक्तसञ्चार केन्द्र नहुँदा बिरामी मर्कामा पर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका अर्थमन्त्रीः आफै अध्यक्ष रहेको ऐथलेटिक्स संघ आयोजक, खर्च सबै सरकारले बेहोर्ने
-
कृषि तथा जलस्रोतका नवप्रवर्तनलाई विस्तार गर्न क्षमता विकास कार्यक्रम
-
संविधान संशोधन बहस कार्यदलले पूर्वप्रधानमन्त्री भट्टराईसँग गर्यो छलफल
-
सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री वाग्ले
-
अमेरिका–इरान शान्ति सम्झौतामा नेपाल सरकारको स्वागत
-
प्रहरी बनाइदिन्छु भन्दै साढे ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण