अक्षयको डीपफेक भिडियो भाइरल
मुम्बई । बलिउड सेलिब्रेटीहरुको डीपफेक भिडियोहरु रोकिने संकेत देखिएको छ । रश्मिका मन्दना, कट्रिना कैफ र नोरा फतेही लगायतका धेरै अभिनेत्रीपछि अब अभिनेता अक्षय कुमारको एउटा डीपफेक भिडियो सार्वजनिक भएको छ ।
यस भिडियोमा अक्षय एक अनलाइन गेमिङ प्लेटफर्मको विज्ञापन गरिरहेको देखिन्छ । अभिनेतासँग निकट स्रोतका अनुसार, ‘अक्षयले यस्तो विज्ञापन कहिल्यै गरेका छैनन् । यो भिडियोको स्रोतबारे अनुसन्धान जारी छ। यो नक्कली सामाजिक सञ्जाल ह्यान्डल र कम्पनीविरुद्ध उजुरी दिइएको छ ।’
सामाजिक सञ्जालमा भाइरल भएको यो एआई जेनेरेटेड भिडियोमा अक्षय एप डाउनलोड गर्न र एविएटर खेल प्रयास गर्न सिफारिस गर्छन् । यो भिडियो सार्वजनिक भएपछि अभिनेता निकै दुखी रहेको अभिनेतासँग निकट स्रोतले बताएको छ । उनले आफ्नो टोलीलाई यस विषयमा निगरानी राखेर कानुनी कारबाही गर्न भनेका छन् ।
अक्षय अहिले ‘बडे मियाँ छोटे मियाँ’ रिलिजको तयारीमा छन् । यसबाहेक उनीसँग ‘स्काई फोर्स’, ‘सिंघम अगेन’, ‘वेलकम टु द जङ्गल’ र ‘हेरा फेरी ३’ जस्ता फिल्म छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण