आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

१३औँ पुष्पलाल स्मृति ब्याडमिन्टन फागुन दोस्रो साता, प्रिन्सलाई मोटरसाइकल उपहार

आइतबार, २१ माघ २०८०, १४ : ४९
आइतबार, २१ माघ २०८०

काठमाडौँ । पुष्पलाल स्मृति राष्ट्रिय र्याङ्किङ ब्याडमिन्टन प्रतियोगिताको १३औँ संस्करण आगामी फागुनको दोस्रो साता सुरु हुने भएको छ । प्रतियोगिता फुटबल १४ देखि १९ गतेसम्म काठमाडौँमा आयोजना हुने भएको छ ।

नेकपा एमालेको भातृ संस्था खेलकुद महासंघ नेपालअन्तर्गत रहेको राष्ट्रिय ब्याडमिन्टन संघले लामो समयदेखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ । यसपटक प्रतियोगितामा १२ वटा विधामा प्रतिस्पर्धा गराइने जानकारी आयोजक संघका अध्यक्ष वीरेन्द्र श्रेष्ठले दिए ।

प्रतियोगितालाई खेल सामाग्री उत्पादक संस्था लि–निङ्को मुख्य प्रायोजन रहेको छ । प्रतियोगिता सहआयोजक महांकाल ब्याडमिन्टन क्लब चन्द्रागिरीको कभर्डहलमा सञ्चालन हुनेछ । प्रतियोगिताको कुल पुरस्कार राशी सात लाख २३ हजार रुपैयाँ रहेको छ ।

सोही अवसरमा राष्ट्रिय च्याम्पियन तथा शीर्ष वरीयतामा रहेका खेलाडी प्रिन्स दाहाललाई मोटरसाइकल उपहार प्रदान गरिने भएको छ । राष्ट्रिय ब्याडमिन्टन संघले पुष्पलाल स्मृति प्रतियोगितामा लगातार तीन संस्करणको उपाधि जित्ने खेलाडीलाई मोटरसाइकल उपहार प्रदान गर्ने घोषणा गरेको हो ।

सोही अनुसार, यसपटक यो उपहार प्रिन्सलाई प्रदान गर्न लागिएको हो । विश्व ब्याडमिन्टन जुनियरमा शीर्ष एक वरीयतामा रहिसकेका र हाल नेपाल ब्याडमिन्टन संघको शीर्ष एक वरीयतामा रहेका प्रिन्सले पुष्पलाल स्मृति ब्याडमिन्टनको १०औँ, ११औँ र १२औँ संस्करणको उपाधि जितेका थिए । 

Badminton

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप