आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीको लेखा समूहको नियमावली संशोधन गर्न प्रस्ताव

आइतबार, २१ माघ २०८०, २० : ०३
आइतबार, २१ माघ २०८०

काठमाडौँ । सशस्त्र प्रहरी बलको लेखा समूहको नियमावली संशोधन गर्न प्रस्ताव गरिएको छ । लेखा समूहको बढुवामा ‘असमानता’ देखिएको भन्दै सशस्त्रले गरेको प्रस्ताव गृह मन्त्रालयले अघि बढाएको छ । 

नियमावली संशोधन सम्बन्धी प्रस्ताव ‘सहमति’का लागि अर्थ मन्त्रालयमा पठाइएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।

नियमावली संशोधन गरेर लेखा समूहका प्रहरी कर्मचारी बढुवा गर्दा साठी र चालिसको अवधारणा लागु गर्नुपर्ने प्रस्ताव छ । प्रस्ताव अनुसार लेखा समूहका सशस्त्रका कर्मचारीको पदपूर्ति गर्दा खुलाबाट ६० प्रतिशत भर्ना लिनुपर्ने र आन्तरिक तर्फबाट ४० प्रतिशतलाई बढुवा गर्ने व्यवस्था गर्न प्रस्ताव गरिएको छ ।

अहिले खुल्लातर्फ ६० र ४० लागू भएपनि लेखातर्फ खुल्लाबाट ७५ प्रतिशत लिने र आन्तरिक बढुवा गरेर २५ प्रतिशत रिक्त दरबन्दीमा पदपूर्ति गर्ने व्यवस्था छ । सो व्यवस्था असमान भएको भन्दै नियमावली संशोधन गरेर ६० र ४० प्रतिशत बनाउन प्रस्ताव गरिएको सशस्त्र प्रहरीका एक जना उच्च अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

सशस्त्रको लेखा समूहमा २५० जनाभन्दा धेरैको दरबन्दी छ । सो समूहको नेतृत्व सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकले गर्छन् । बढुवामा विभेद हुँदा समायोजन भएर आएका सईहरु मर्कामा परेका छन् ।  दरबन्दी कम भएर बढुवा हुन नपाउँदा उनीहरु मर्कामा परेका हुन ।

यसैबिच, मन्त्रिपरिषद्ले सशस्त्र प्रहरीको नयाँ ऐन ल्याउन सैद्धान्तिक सहमति दिएको छ । नियमावली संशोधन अघि नयाँ ऐन आउने अवस्था भएमा लेखा समूहको सो प्रस्तावलाई पनि ऐनमा नै समेटिने गृह मन्त्रालयका अधिकृतहरु बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप