सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३० करोड ८७ लाख रुपैयाँ लाभांश वितरण गर्ने
सोमबार, २२ माघ २०८०, ११ : ०९
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्ना सेयरधनीलाई ३० करोड ८७ लाख २० हजार ४ सय ८९ रुपैयाँ लाभांश वितरण गर्ने भएको छ । कम्पनीको १९ औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजीको उक्त रकम लाभांशमार्फत वितरण गर्ने प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९०० रुपैयाँ छ । यसको ११ प्रतिशतले हुन आउने ३० करोड ८७ लाख रुपैयाँभन्दा बढी नगद लाभांस (करसहित) वितरणको प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको बैठकले गरेको प्रस्ताव नेपाल बीमा प्राधिकरणले स्वीकृत गर्नुपर्ने छ । यस्तै, कम्पनीको आगामी वार्षिक साधारणसभाले समेत पारित गरेपछि लागू हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तथ्यांकमा अर्जेन्टिनाको घातक आक्रमण र स्पेनको अभेद्य रक्षापङ्क्ति
-
म्याग्दीको विकासमा सघाउने मन्त्री पुनको प्रतिबद्धता
-
श्रीलङ्काले व्यावसायिक शिक्षालाई प्राथमिकता दिने
-
यमालसँगको ऐतिहासिक तस्बिरबारे के भने मेस्सीले ?
-
भारी वर्षाको पूर्वानुमानपछि काठमाडौँ प्रशासनद्वारा यात्रा सचेतना जारी
-
लागूऔषधसहित २२ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण