सवारी दुर्घटना न्यूनीकरणसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव राष्ट्रियसभामा दर्ता
काठमाडौँ । राष्ट्रियसभामा सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने सम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ । सांसद दिलकुमारी रावल थापा ‘पार्वती’ प्रस्तावक रहेको प्रस्तावको समर्थकमा सांसदहरू काङ्ग्रेसकी अनिता देवकोटा, नेकपा एमालेका भैरवसुन्दर श्रेष्ठ, माओवादी केन्द्रका गोपी बहादुर सार्की (अछामी), एकीकृत समाजवादीका मदनकुमारी शाह (गरिमा), जनता समाजवादीका मोहम्मद खालिद, राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा, स्वतन्त्र सांसद खिमलाल देवकोटा र मनोनीत सांसद विमला राई पौडेल रहेका छन् ।
प्रस्तावकले प्रस्ताव पेश गर्नुपर्ने कारणहरूमा १० औँ पटक संशोधन भएर पनि समस्यालाई सम्बोधन गर्न नसकेको प्रचलित सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ लाई पुनरावलोकन गरी सडक सुरक्षा र सवारी साधन सञ्चालन, यातायात सूचनासम्बन्धी प्रभावकारी व्यवस्थासहितको सङ्घीय संरचना अनुरूपको वर्तमान समस्या र चुनौती सम्बोधन गर्ने विधेयक तत्काल संसद्मा पेश गर्न माग गरेका छन् ।
सवारी चालक अनुमति पत्र प्राप्ति अघि अनिवार्य रूपमा सवारी सञ्चालनसम्बन्धी पर्याप्त जानकारी उपलब्ध गराउनुका साथै चालक र सहचालकलाई आवधिक रूपमा सचेतनामूलक कार्यक्रम र पुनर्ताजगी कार्यक्रम सञ्चालन गर्न, सडक सुरक्षा सावधानीसहित सडक निर्माणसम्बन्धी स्पष्ट मापदण्ड तय गरी तहगत रूपमा तीनै तहका निकायबाट निर्माण गरिने सडकको न्यूनतम मापदण्डमा एकरूपता कायम गर्न भनिएको छ ।
सडक दुर्घटनामा परी घाइते भएका नागरिकको उपचारको विषयलाई स्वास्थ्य बिमाको अङ्गका रूपमा व्यवस्था मिलाउन र दुर्घटनामा परी अपाङ्गता भएका नागरिकको जीवन निर्वाहका लागि रोजगारीमा प्राथमिकता तथा आर्थिक वृत्तिको प्रबन्ध गर्न भनिएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण