सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी संसदीय दलको बैठक आज पनि बस्ने

मङ्गलबार, २३ माघ २०८०, ०६ : ४३
मङ्गलबार, २३ माघ २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्ने भएको छ । हिजो बसेको बैठकमा  संसदीय दलका नेता एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिउँदे अधिवेशनका सन्दर्भमा सरकारले गरेको तयारीका विषयमा जानकारी गराएका थिए । 

सङ्घीयता कार्यान्वयनसँग सम्बन्धित विधेयक, शिक्षा, प्रहरी समायोजन, निजामती कर्मचारीसँग सम्बन्धित ऐनका बारेमा तयारीका साथ छलफलमा भाग लिन पनि सांसदहरूलाई अध्यक्ष प्रचण्डले निर्देशन दिएका थिए । 

हिजोको बैठकमा १२ जना सांसदले आफ्नो धारणा राखेको र अन्य सांसद्हरुले आजको बैठकमा धारणा राख्ने  प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजे बस्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप