आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

बैंकिङ प्रणालीबाट आज राष्ट्र बैंकले ४० अर्ब तरलता तान्दै

मङ्गलबार, २३ माघ २०८०, ११ : ४२
मङ्गलबार, २३ माघ २०८०

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंकिङ प्रणालीमार्फत ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले निक्षेप सङ्कलन उपकरणमार्फत १४ दिनका लागि ४० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो । 

पछिल्लो समय बैंकिङ प्रणालीमा निक्षेप (डिपोजिट) बढिरहेको छ तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । यसैले केन्द्रीय बैंकले सस्तो ब्याजमा निक्षेप सङ्कलन उपकरणमार्फत निरन्तर बैंकिङ प्रणालीमार्फत तरलता तानिरहेको छ । 

माघ २० गतेको पछिल्लो रिपोर्ट अनुसार बैंक तथा वित्तीय संस्थाहरूले सङ्कलन गरेको निक्षेपको आकार ६१ खर्ब ४३ अर्ब रुपैयाँ रहेको छ । तर सो अवधिमा यता कर्जा लगानी भने ५० खर्ब ८१ अर्ब रुपैयाँ हाराहारी मात्र देखिन्छ । 

अन्तर बैंक ब्याजदर ३.०२ प्रतिशत रहेकोमा ट्रेजरी बिलको ब्याजदर समेत अधिकतम ४ प्रतिशत हाराहारीमा झरेको छ । बैंक तथा वित्तीय संस्थाहरूले कर्जा/निक्षेप अनुपात (सीडी रेसिया) ८०.३० प्रतिशत मात्र कायम गरेका छन् । यसो हुँदा हाल बैंकहरुसँग ६ खर्बमाथि लगानी योग्य पुँजी (तरलता) रहेको बुझिएको छ । 

जसले गर्दा पनि केन्द्रीय बैंकले पछिल्ला दिनहरूमा रिभर्स रिपो अर्थात् निक्षेप सङ्कलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप